spot_img
spot_img

ज्वालामाई गणको २१ औं बार्षिकोत्सव

राप्ती पोष्ट

देउखुरी, साउन । भालुवाङमा रहेका सशस्त्र प्रहरी बल, नेपाल २९ नं. हेडक्वाटर ज्वालामाई दाङको २१ औं स्थापना दिवश शुक्रबार मनाइयो । सशस्त्र प्रहरी बल लुम्विनी प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र कुवँरले २१ औं स्थापना दिवसको उद्घाटन गर्नुभएको थियो ।

२०६१ साल साउन २ गतेका दिन स्थापना भएको ज्वालामाई गण स्थापना भएको थियो । त्यस अघि २०५८ सालमा सशस्त्र प्रहरी बल, नेपालको तालिम केन्द्र स्थापना भएको थियो । द्वन्द्वको समयमा साविक राप्ती अञ्चलको शान्ति सुरक्षालाई मध्यनगर गर्दै भालुवाङमा सशस्त्र प्रहरीको ज्वालामाई गण स्थापना गरिएको थियो ।

स्थापना दिवस उद्घाटन समारोहमा बोल्दै बाहिनीपति कुँवरले गर्विलो इतिहास बोकेको सशस्त्र प्रहरीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले नेपालमा अहिले सशस्त्र प्रहरीले पाएको सिमा सुरक्षाको जिम्मेवारी लगायत अन्य शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी सदा तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सशस्त्र प्रहरीले आफू जोखिममा रहेर पनि नागरिकको सुरक्षाका लागि भूमिका खेलेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीका महानिरिक्षक कृष्णमोहन श्रेष्ठ लगायत योद्दाहरुले गरेको त्यागको सदा स्मरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अमर सशस्त्र प्रहरी सहिदप्रति सम्मान गरिएको थियो । यसै्रगरी व्यावसायिक प्रतियोगितामा विजयी तथा रक्तदान गर्ने कर्मचारीहरुलाई पदक र प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ठ कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई प्रशंसा पत्र तथा सेवा निवृत्त सशस्त्र प्रहरी कर्मचारीलाई कदर पत्र प्रदान गरिएको थियो । सशस्त्र प्रहरी ज्वालामाई गणको कार्यमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

उक्त अवसरमा सशस्त्र प्रहरी नायव महानिरिक्षक कुँवरले शान्तिका प्रतिक एक जोडी परेवा उडाउनुभएको थियो । कार्यक्रममा नेपालमा विभिन्न क्षेत्र तथा भाषा विशेषका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल ज्वालामाई गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक मनोजकुमार धितालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन सशस्त्र प्रहरी नायव उपरिक्षक इश्वर डिसीले गर्नुभएको थियो ।

 

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार