spot_img
spot_img

राप्ती मोडर्न एकेडेमीमा अब प्लस टु साइन्स र म्यानेजमेन्ट पनि

राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको राप्ती मोडर्न एकेडेमीले यसै शैक्षिक सत्रबाट प्लस टु कक्षा सञ्चालन गर्न लागेको छ । गुणस्तरीय प्राविधिक शिक्षाको १७ वर्षभन्दा लामो अनुभव बोकेको राप्ती इन्जिनियरिङ कलेजको व्यवस्थापनमा स्थापना गरिएको एकेडेमीले यसै शैक्षिक सत्रबाट प्लस टु तर्फ विज्ञान र व्यवस्थापन संकायको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

राप्ती मोडर्न एकेडेमीका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २०५३ सालमा स्थापना भई २०७३ सालदेखि माध्यमिक तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको एकेडेमीले शैक्षिक सत्र २०८२ देखि प्लस टु साइन्स तथा म्यानेजमेन्ट कार्यक्रम शुभारम्भ गर्न लागेको प्रबन्ध सञ्चालक रेशम गिरीले जानकारी गराउनुभयो ।
उहाँले सम्बन्धित क्षेत्रको आवश्यकता, विद्यार्थीको माग र अभिभावकको अपेक्षालाई ध्यानमा राखेर गुणस्तरीय शिक्षा, जिम्मेवार भविष्य भन्ने मूल मन्त्रका साथ दक्ष, जिम्मेवार र प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्लस टु तहको विज्ञान र व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।

उहाँका अनुसार, वडा नम्बर १६ भित्र सञ्चालनमा आएको पहिलो प्लस टु तहको कार्यक्रम हुनेछ । विज्ञान संकायमा ४० जना र व्यवस्थापन संकायमा ४० जना विद्यार्थी भर्ना गरी सुलभ शुल्कमा दक्ष तथा अनुभवी शिक्षकबाट अध्यापन गराईने भएको छ । एकेडेमीले अनुभवी तथा दक्ष शिक्षकहरूबाट स्मार्ट कक्षामा अत्याधुनिक प्रयोगशालाको प्रयोग, समृद्ध पुस्तकालय, ई–लाइब्रेरी, स्वच्छ र हरियाली वातावरण, खेलकुद र अतिरिक्त क्रियाकलापमा आधुनिक प्रविधिको प्रयोग गरेर विद्यार्थीहरुलाई पठनपाठन गराउने उद्देश्य राखेको छ ।

एसईईमा उत्कृष्ट ग्रेड ल्याउने, जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको भन्दै दीर्घकालीन योजना अन्तर्गत प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई राप्ती इञ्जिनियरिङ कलेजमा सञ्चालित बिई सिभिल, बिई कम्प्यूटर, बिसिए र बिबिए कार्यक्रममा सहुलियतमा भर्ना गरी अध्ययन गराउने योजना पनि बनाएको छ । प्लस टु को पठनपाठन राप्ती इन्जिनियरिङ कलेजमा बिहानी सत्रमा हुने पनि प्रबन्ध सञ्चालक गिरीले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण सिर्जना देवकोटाले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार