spot_img
spot_img

के हो कुहिएको भनिएको अण्डाको फण्डा ?

सस्तोमा विक्रि गर्नेलाई कारवाही भन्दै भाउ बढाइयो

राप्ती पोष्ट

दाङ, बैशाख । गएको २३ गतेका दिन सामाजिक सञ्जालमा एउटा दृष्य आयो । यो दृष्य थियो, एउटा मोटरसाइकिलमा गत्ता राखिएको र त्यो गत्तामा रहेका अण्डा कुहिएको भन्ने । सामाजिक सञ्जालमा कुहिएको अण्डा विक्रि गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरिएको कुरा थियो । कुहिएको अण्डा विक्रि गरेको भनेर ति व्यक्तिलाई पक्राउ पनि गरियो तर ति व्यक्तिले कुहिएको अण्डा विक्रि गरेको नभइ झुठो आरोपमा अण्डा विक्रि गरिरहेका व्यक्तिलाई पक्राउ गरेको थाहा भयो । त्यसपछि प्रहरीले ति व्यक्तिलाई छोड्यो । जसले पक्राउ गराएको थियो उसैले उल्टै गल्ती स्विकार गर्नुपर्ने अवस्था आयो ।
घोराही उपमहानगरपालिका वडा नं। १५ मा रहेको सव्जी मण्डीमा एकजना व्यवसायी विहान अण्डा विक्रि गर्नका लागि जान्छन । बजारमा विक्रि गर्ने भन्दा केही सस्तोमा ति व्यवसायीले केही दिन यता अण्डा विक्रि गरिरहेका छन् । दाङ जिल्लामा अण्डाको सिण्डिकेट रहेको छ । कुनै व्यवसायीले सस्तोमा अण्डा विक्रि गर्न पाउँदैन । यसले गर्दा उपभोक्ताहरु चर्को मूल्यमा अण्डा किन्न बाध्य छन् । तर ति व्यवसायीले एकजना अण्डा उत्पादकसंग लिएर थोरै नाफा खाएर विक्रि गरिरहेका छन् । जसले गर्दा कुखुरा पालक संघका केही सिण्डिकेटवालालाई घाटा लाग्यो । विहान सव्जी मण्डीमा अण्डा विक्रि गर्ने ति व्यवसायीले दिउँसो घोराही बजारमा अण्डा बिक्री गर्दै हिड्ने गर्दछन् । सोही क्रममा ति व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।

खानका लागि योग्य रहेका अण्डा सस्तो मूल्यमा माइकिङ गर्दै बिक्री गर्न थालेपछि कुखुरा पालक संघले कुहिएको अण्डा विक्रि गरेको भन्ने आरोप लगायो । जवकी अण्डा कुहिएको छ कि छैन भन्ने थाहा पाउनका लागि अण्डा फोडनुपर्छ । दुई दिन अघि घोराहीकै एकजना कुखुरा पालकसंग लिएको अण्डा भएकाले ताजा नै भएको दावी ति व्यवसायीको छ । ‘ताजा अण्डा विक्रि गरिरहेको अवस्थामा यसरी आरोप लगाउनु भनेको केही व्यक्तिको दादागिरी बाहेक अरु केही होइन ।’ ति व्यवसायी भन्छन ।

घोराहीमा रहेका लेयर्स कुखुरा पालकहरुले अण्डा विक्रि गर्दा ताजा अण्डा मात्रै विक्रि गर्ने गरेका छन् । कुखुरा पालक संघले पनि उत्पादन भएको मितिदेखि १५ दिनसम्म अण्डा ताजा हुने बताउने गरेको छ । आफूले दुई दिन अघि ल्याएको अण्डा विक्रि गरिरहदा पक्राउ गर्नु र आफ्नो बदनाम गराउनु गम्भिर विषय भएको ति व्यवसायीको धारणा छ ।
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा अण्डा कुहिएको भन्ने कतैबाट प्रमाणित नभएपछि कुहिएको अण्डा विक्रि गरेको भन्नेहरु लज्जित भएका थिए । संघले निर्धारण गरेको भन्दा थोरै कम नाफा लिएर अण्डा विक्रि गरिरहेको ति व्यवसायीको भनाई छ । हरेक दिन मण्डीमा माइकिङ गर्दै बजारमा पाइने भन्दा केही सस्तोमा आफूले अण्डा विक्रि गरिरहेको ति व्यक्तिको भनाई छ । स्थानीय कुखुराको अण्डा प्रति क्यारेट पाँच सय रुपैया सम्ममा र लेयर्स कुखुराको अण्डा प्रति क्यारेट तीन सय रुपैया देखि पाँच सय रुपैयासम्ममा विक्रि गर्दै आएकोमा लेयर्स कुखुरा पालक संघले षडयन्त्रपूर्वक यस्तो गरेको व्यवसायीको भनाई छ ।

अण्डाका लागि कुखुरा पालन गर्नुभएका पूर्व व्यवसायी भरतराज देवकोटा दाङ जिल्लामा कुहिएको अण्डा विक्रि गरिएको भनेर कुखुरा पालकले नै विरोध गर्नु आफैलाई घाटा पु¥याउनु भएको बताउनुहुन्छ । अहिले त्यसैपनि अण्डाको माग बढी छ । यस्तोमा दुई चार दिन भन्दा बढी स्टकमा बस्न पाउँदैन । आजको अण्डा भोली व्यवसायीको हातमा पुग्दा ढीलोमा पनि पर्सिसम्म उपभोक्ताको हातमा पुगिसक्ने उहाँको अनुभव छ । यस्तोमा अण्डा उत्पादकहरुले नै कुहिएको अण्डा विक्रि गरिएको भनेर प्रचार गर्नु आफ्नै लागि घातक भएको टिप्पणि देवकोटाको छ ।

अण्डाको मूल्य बढाइयो

यसैबीच व्यवसायीले अण्डाको मूल्य बढाएका छन् । बिहीबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेसँगै एक पेटीमा कम्तीमा चार सय रुपैयाँ मूल्य बढेको संघका सचिव मदन पोख्रेलले जानकारी दिनुभयो ।

अण्डाको मूल्य बढ्दा अण्डा उत्पादक किसानलाई केही राहत भएपनि अण्डाको उत्पादनमा भने गिरावट आएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य समायोजन गरि नयाँ रेट कायम गर्दा मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघ दाङका सदस्य हरपल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, शुक्रबारदेखि नै लागू हुने गरी अण्डाको समर्थन थोक मुल्य एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी ९सात क्रेट० तीन हजार पाँच सय ५० रुपैयाँ, ठूलो अण्डा तीन हजार चार सय रुपैयाँ र मझौलाको तीन हजार ५० रुपैयाँ कायम गरिएको छ ।

यसअघि एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी ९सात क्रेट० तीन हजार एक सय ४० रुपैयाँ, ठूलो अण्डा तीन हजार रुपैयाँ र मझौलाको दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँसम्म पुगेको थियो ।

अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो भईरहेको अवस्थामा मुल्यमा सुधार आउँदा केही राहत हुने गरेको नेपाल लेयर्स कुखुरापालक संघ दाङका कोषाध्यक्ष ईश्वर अर्यालको भनाइ छ । अण्डा उत्पादनमा लागत बढ्दै जाने तर कुखुराले अपेक्षा गरिए अनुसार अण्डा नदिने, विभिन्न किसिमका रोग संक्रमणले समस्या थप्दा लगानी उठाउन चुनौति हुने गरेको संघका कोषाध्यक्ष अर्यालले बताउनुभयो ।

गर्मीका कारण अण्डा उत्पादनमा गिरावट आएको र बजार माग बढ्दा मुल्य बढेको उहाँले जानकारी दिनुभयो । ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो । उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । अण्डा उत्पादन अहिले झण्डै २५ प्रतिशत गिरावट आएको हुँदा मूल्य अझ बढ्न सक्ने अवस्था रहेको छ’ उहाँले भन्नुभयो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँसम्म पुगेको थियो । दाङमा हाल दैनिक एक हजार सात सय पेटी अण्डा उत्पादन हुने गरेको नेपाल लेयर्स कुखुरा पालक संघ दाङले जनाएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार