spot_img
spot_img

ठडियो श्रीमणि आचार्यको शालिक

राप्ती पोष्ट

तुलसिपुर, असार । दङाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा दिवंगत श्रीमणि आचार्यको शालिक ठडिएको छ । २०६४ साल पुस ३ गतेका दिन दिवंगत आचार्यको शालिक करिव १८ बर्षपछि उहाँकै निवास क्षेत्र तुलसीपुर ११ उरहरीमा ठडिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक निर्माण गरिएको छ ।

नेकपा एमालेका महासचिव तथा लुम्विनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दिपक गिरी लगायतले शालिक अनावरण गर्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुले आचार्य नेकपा एमालेको सदस्य भएपनि उहाँ सवै पालिका नेता कार्यकर्ताहरुका लागि उत्तिकै प्रिय रहेको चर्चा गरेका थिए । आचार्यले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको चर्चा बक्ताहरुले गरेका थिए ।

कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले श्रीमणी आचार्यको योगदानको स्मरण गर्नुभयो । उहाँले श्रीमणि आचार्यले दाङको शिक्षा, राजनीतिक तथा सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । २०४९ सालमा स्थायी शिक्षकको जागिर छोडेर निर्वाचनको मोर्चामा होमिएको भन्दै पार्टीका लागि योगदान गर्नेहरुको सम्मान जरुरी रहेको बताउनुभयो । आचार्यको नाममा पार्क निर्माण गर्नु र शालिक खडा गर्नु सह्रासनिय पक्ष रहेको धारणा उहाँको थियो ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो । उहाँले देशमा बलियो राजनीतिक शक्ति निर्माणमा दलहरू लाग्नुपर्ने भन्दै जनताका माग र आवश्यकता पुरानै दलले नै पुरा गर्न सक्ने बाउनुभयो । विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको उहाँको जोड थियो । लगातार दुई दलीय व्यवस्थाको वकालत गर्दै आउनुभएका पोखरेलले दुईदलीय व्यवस्था भए मात्र देशको बिकास गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि पुराना दलभित्र रहेका खराब प्रवृत्ति फाल्दै जानुपर्ने पनि बताउनुभयो ।
नेपालमा धेरै राजनीतिक दल हुँदा अस्थिरता बढिरहेको भन्दै यसले बिकासलाई प्रभाव पारेको धारणा राख्दै भन्नुभयो ।‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ, जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुईदलीय व्यवस्था नै उपयुक्त हुन्छ ।’

अर्को प्रशंगमा नेकपा (एमाले)का महासचिव पोख्रेलले दाङ समग्र विकासमा टेवा पु¥याउने टरिगाँउ विमानस्थलको धावनमार्ग विस्तारमा सबैको ध्यान पुगेको बताउनुभयो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका उहाँले सातवटै प्रदेशमध्ये लुम्बिनीले मात्रै संरचना निर्माणको कामलाई अघि बढाएको बताउनुभयो । उहाँले दाङको सिचाई र खानेपानी दीर्घकालीन समाधानका लागि ग्वारखोला जलाशयलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलिया शक्ति एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले टरिगाउ बिमानस्थल चारलेन सडक र राप्ति राजमार्गको स्तरबृद्दि गर्न सबै एक भएर अघिबढनुपर्ने धारणा राख्नु भयो ।
शालिक अनावरण कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सामाजिक व्यक्तित्व श्रीमणी आचार्यको चर्चा गरेका थिए । विकास निर्माण, शैक्षिक, राजनीति लगायत सम्पूर्ण क्षेत्रमा उहाँले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए । २०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते हुनुभएका नेकपा (एमाले)का तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो । जनस्तरबाट रकम सङ्कलन गरेर सालिक निमार्ण गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार