spot_img
spot_img

एमाले दाङमा नयाँ नेतृत्व

अध्यक्षमा शिवकुमार आचार्य, उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उप सचिवमा भुवनेश्वर पौडेल र सिता चौधरी

राप्ती पोष्ट

दाङ, जेठ । नेकपा एमाले दाङमा नयाँ नेतृत्व चयन गरिएको छ । दुई दिनसम्म चलेको अधिवेशनले शिवकुमार आचार्यको अध्यक्षतामा एक सय १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । आइतबारदेखि सुरु भएको अधिवेशनमा पालिकास्तरबाट सर्वसम्मत रुपमा सदस्यहरुको नाम मागिएको थियो भने पदाधिकारीको छनौट अध्यक्ष मण्डलले गरेको थियो ।

अध्यक्ष मण्डलका अध्यक्ष नरुलाल चौधरीले दाङ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको घोषणा गर्नुभएको थियो । कमिटीको उपाध्यक्षमा निवर्तमान सचिव मनोहर बुढाथोकीलाई चयन गरिएको छ । यस्तै संगठन विभागको भूमिकामा रहनुभएका श्याम डाँगीलाई सचिव, बवई गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेल र गढवा गाउँपालिकाकी सिता चौधरीलाई उप सचिवका रुपमा चयन गरिएको छ ।

जिल्ला कमिटीको सदस्यमा बंगलाचुलीबाट सरस्वती कुमारी घर्ती, सरस्वती कुमारी घर्ती, हेमराज पुन, गिरबहादुर कवर, बेदप्रकास जिसी हुनुहुन्छ । यसैगरी गढवा गाउँपालिकाबाट सानुनारायण अधिकारी, मोहन बुढा, दामोदर ढुङ्गाना, मघा चौधरी, केशरी गिरी, बावुराम अधिकारी हुनुहुन्छ । यस्तै राप्ती गाउँपालिकाबाट हरि बेल्वासे, धर्मराज अधिकारी, प्रेमबहादुर केसी, गोमाया केसी खत्री, रामपती चौधरी र पुष्पराज अधिकारी हुनुहुन्छ ।

यसैगरी राजपुर गाउँपालिका बाट सिता यादव, गोविन्द विक, धनमाया चौधरी, कमला परियार र मुना बहादुर खड्का हुुनुहन्छ । यसैगरी लमहीबाट ज्ञानराज नेपाली, गोमा बस्नेत, सिता चौधरी, भुमाण्डव केसी, सितल भुषाल, मनोजकुमार पुन र शिवराज गिरी हुनुहुन्छ । दंगीशरणबाट भागीराम चौधरी, एम एन शाह, गणेश आचार्य, सुमित्रा विक, रेशम वली र यसोदा घिमिरे हुुनुहुन्छ । यस्तै शान्तिनगर गाउँपालिकाबाट धनबहादुर केसी, मुकुन्द जिसी, मित्रलाल बागचन्द, बेलमती रावत र सरीता थापा हुनुहुन्छ ।

यस्तै बवई गाउँपालिकाबाट टेकबहादुर वली, नन्दलाल वली, डिल्लीबहादुर बुढाथोकी, प्रेमबहादुर राम्जा, शोभीकुमारी खड्का, शान्ता विक, चन्दा वली हुनुुहुन्छ । यस्तै घोराहीबाट हिमा विक, कुमारी चौधरी, पशुपती चौधरी, माया रावत, विष्णु कालाथोकी, गिता स्वर्णकार, प्रतिज्ञा अधिकारी, पार्वती नेपाली, बसन्त बस्नेत, लक्की लामा, भक्तबहादुर केसी, गोकर्ण वली, टंक सुनार, पोषण नेपाली, विकास चौधरी, सुदन केसी, कुलबहादुर लामिछाने, दोर्णबहादुर बहकरी, प्रेमबहादुर बुढा, भानसिं बुढा, दोर्ण पाण्डे, जगलाल चौधरी, मानबहादुर विक, प्रविण पुन, देउमन दमाई, केशवराज आचार्य र कृष्ण घर्ती हुनुुहुन्छ ।

यस्तैगरी विकास नेपाली, शिव परियार, मंगल विक, गौरी नेपाली, युवा सुनार, सन्तोष वली, माधव वली, मोहन पौडेल, संगीत बस्याल, देवु बस्नेत, गायत्री डाँगी, गंगा वली, सुशिला नेपाली, तुल्सा डाँगी, बसन्त सापकोटा, पुस्पा लामिछाने, उषा अधिकारी खरेल, रामप्रसाद चालिसे, भिमबहादुर योगी, डिल्लीबहादुर डाँगी, बालकृष्ण राना, नवराज लामिछाने, अमर खड्का र रिता नेपाली हुनुुहुन्छ ।

जनजाती तर्फ मंगल चौधरी, इश्वर बुढा, बसन्ती चौधरी र दिनेश श्रेष्ठलाई सदस्यका रुपमा चयन गरिएको छ । यस्तै खुल्ला तर्फ विष्णु केसी, विवेक श्रेष्ठ, भुवन चौधरी र युवराज ज्ञवालीलाई चयन गरिएको छ । महिला तर्फ मेनका देवी रेग्मी, लक्ष्मी शर्मा, सरस्वती खत्री, रेखा केसी र गीता पौडेल हुनुहुन्छ ।

लेखा आयोगतर्फ खिमबहादुर डाँगी, गणेश दहाल, रामप्रसाद गौतम, रामप्रसाद पोखरेल, मोहनराज आचार्य, पुष्पा नेपाली र पद्मा चौधरीलाई चयन गरिएको छ । अपांग तर्फ दोलक खत्री र मुस्लीम तर्फ साजिद मिया, मजदुरमा खगेन्द्र बहादुर वलीलाई चयन गरिएको छ । नव निर्वाचित कमिटीको सपथ ग्रहण मंगलबार गरिएको छ 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img