spot_img
spot_img

घोराही उपमहानगरपालिकाद्वारा प्रोटेवल फायर पम्पको परिक्षण

राप्ती पोष्ट

घोराही, ६ बैशाख । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवार काठमाडौले घोराही उपमहानगरपालिकालाई दिएको फायर पम्प परिक्षण गरियो ।

कुनै जोखिमयुक्त स्थान र साँघुरा क्षेत्रमा आगलागी भएमा पानी पु¥याउनका लागि फायर पम्पको प्रयोग गर्न सकिन्छ । दमकल जान नसक्ने साधुरा गल्ली तथा गाउँबस्तीहरुमा पनि गाडीमा बोकेर सहजै लग्न सकिने उक्त प्रोटेवल फायर पम्प प्राधिकरणले घोराही उपमहानगरपालिकालाई प्रदान गरेपछि विहीबार परिक्षण गरिएको हो ।

आगलागीको उच्च जोखिमलाई मध्यनजर गर्दै दमकलले गर्ने काम गर्ने उक्त उपकरण प्रदान गरिएको प्राधिकरणका शाखा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो । नगर प्रमुख नरुलाल चौधरीले उक्त फायर पम्पलाई तयारी अबस्थामा विपद व्यवस्थापन शाखा र दमकल शाखाका कर्मचारीहरुको निगरानीमा राखेर आगलागी नियन्त्रणमा प्रयोगमा ल्याउन निर्देशन दिनुभएको थियो । पम्प व्यक्तिले बोकेर समेत आगलागी नियन्त्रणमा प्रयोग गर्न सकिन्छ । कुवा, खोला तथा ट्यांकीमा जम्मा भएको पानीको प्रयोग गरेर आगो नियन्त्रण गर्न सकिनेछ ।

घोराही उपमहानगरपालिकामा एउटा दमकल रहेको छ । विगतमा आगलागीका ठूला घटना हुँदा दमकलको पानी मात्रै प¥र्याप्त नहुँदा समस्या पर्ने गरेको थियो । प्रोटेवल फायर पम्पको प्रयोग गरेर जुनसुकै ट्याङ्कीमा रहेको पानीलाई आगो निभाउनमा प्रयोग गर्न सकिने भएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img