spot_img
spot_img

घोराहीमा दिसाजन्य लेदोबाट मल र सिचाईका लागि पानी तयार गरिने

राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि (डिपिआर) गुरुयोजना तयारीका लागि सरोकारवालाहरु सँग छलफल र स्थलगत अबलोकन भएको छ ।

त्यसका लागि घोराही उपमहानगरपालिकाको आयोजना तथा नेपाल नगरपालिका संघको आयोजना एवं नेपाल नगरपालिका संघको समन्वय र वाताबरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा विहीबार नगरसभा हलमा नगर कार्यपालिका सदस्य, महाशाखा तथा शाखा प्रमुखहरु र ल्याण्डफिल साईड क्षेत्रका नागरिकहरुको उपस्थितीमा छलफल भएको छ ।

डिपिआर तयारीको लागि सहमती दिने र तयारी गर्ने सँगै प्रशोधन प्रविधिको छनौटका बिषयमा सरोकारवालाहरुबीच छलफल भएको हो । दिसाजन्य लेदोको उचित प्रशोधन तथा व्यवस्थापन हुदा पानी जन्य रोगको नियन्त्रण, जनस्वास्थ्यमा असरमा कमी, प्रशोधनबाट मल उत्पादन र पानी सिचाईका लागि प्रयोग गर्न सकिने छ ।

कार्यक्रममा बाताबरण तथा जनस्वास्थ्य संस्थाका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक बुद्ध बज्राचार्य र इन्जिनियर रुपक श्रेष्ठले योजनाको बारेमा जानकारी दिनुभयो । छलफल कार्यक्रम पूर्व प्लान्ट निर्माण गर्ने वडा नम्बर १६ को ल्याण्डफिल साईड क्षेत्रको नगर प्रमुख नरुलाल चौधरी सहित नगरको बाताबरण तथा सरसफाई शाखाका प्रमुख लक्ष्मण अधिकारी सहितका कर्मचारी र त्यस क्षेत्रका स्थानीय र प्राविधिक टोलीले अबलोकन गरेको थियो । केही दिन पहिले नगर प्रमुख चौधरी दिसाजन्य लेदो व्यवस्थापनको विषयमा जानकारी लिन र अबलोकनका लागि बंगलादेश जानुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img