spot_img
spot_img

धारपानी मन्दिरमा शिवरात्रीको आम्दानी खर्च सार्वजनिक

राप्ती पोष्ट

दाङ, चैत । घोराही उपमहानगरपालिका वडा नं. ५ धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरले महाशिबरात्रीको अबसरमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा शनिबार आर्थिक विवरण सार्वजनिक गरिएको थियो ।

आर्थिक समितिका संयोजक बिमल अधिकारीले शिवरात्रीको अवसरमा भएको आय÷ब्यय विवरण पेस गर्नु भएको थियो । उहाँका अनुसार मेलामा लगाइएको ठूलो पिङको ठेक्काबाट एक लाख ८१ हजार पाँच रुपैयाँ, सानो पिङबाट ११ हजार, मेला बजार एक लाख ७१ हजार नौ सय ५०, रसीदबाट सहयोग ५४ हजार एक सय ७० रुपैया आम्दानी भएको थियो । यस्तै पुजा भेटी तथा दान पेटिबाट दुई लाख ८० हजार एक सय रुपैया र गाडी पार्किङबाट ७९ हजार आठ सय ५३ गरि जम्मा सात लाख ७९ हजार ७८ रुपैयाँ आम्दानी भएको छ ।

त्यसैगरी खर्च तर्फ त्रिशूल सलामी सेना यातायात खर्च ११ हजार, साउन्ड सिस्टम र टेन्ट ४२ हजार, मन्दिर परिषर सरसफाइ तीन हजार पाँच सय, खाजा नास्ता ३५ हजार पाँच सय १०, भजन मन्ड्ली १५ हजार पाँच, साधु सन्त दक्षिणा ३१ हजार दुई सय ८५, कर्मचारी, पुजारी र भक्तीनी दक्षिणा नौ हजार छ सय ५०, भोजनालय खर्च ४२ हजार पाँच सय ५५ रुपैया भएको थियो ।

यस्तै कार्ड फोटोकपी, ठेली स्टेसनरी २४ हजार एक सय ८०, पुजा सामग्री छ हजार सात सय १०, प्रचारप्रसारका लागि मिडिया खर्च ३० हजार पाँच सय, सामान ढुवानी तथा मेला ब्यबस्थापन १४ हजार सात सय ५०, फिल्ड मर्मत डोजर र ट्याक्टर खर्च एक लाख दुई हजार सात सय ८७ रुपैयाँ, भान्से र सहयोगहरुको ज्याला १७ हजार रुपैयाँ गरि तीन लाख ८८ हजार चार सय ३२ रुपैयाँ खर्च भएको थियो । शिवरात्रीको समयमा तीन लाख ९० हजार छ सय ४६ रुपैयाँ बचत भएको आर्थिक समिति संयोजन अधिकारीले बताउनुभयो ।

शिबरात्रीको अबसरमा सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाता, शुभचिन्तक, संघ सस्था, समिति, उपसमिति, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दियको छ । कार्यक्रमको सञ्चालन मन्दिर ब्यबस्थापन समितिका सचिव बिस्णुराम आचार्यले गर्नुभएको थियो । गएको फागुन २३, २४ र २५ गते तीन दिन मेला लागेको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img