spot_img
spot_img

डिसिएल–२ को खेल तालिका सार्वजनिक

मुख्य प्रायोजकमा नेपाल टेलिकम

छबि पुरी /राप्ती पोष्ट

घोराही, फागुन । घोराहीमा फागुन १४ गतेदेखि हुन थालेको लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ को खेल तालिका सार्वजनिक भएको छ । जस अनुसार, १४ गते उदघाटन खेल साविक विजेता घोराही टाईगर्स र दंगाली लायन्सबीच हुने भएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।

सोही दिन दिउँसो देउखुरी वारियर्स र पुरन्धारा च्यालेन्जर्सबीच हुनेछ । १५ गते बिहान दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुनेछ । दिउँसो पुरन्धारा च्यालेन्जर्स र घोराही टाईगर्सबीच खेल हुने भएको छ । १६ गते बिहान तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्स बीच खेल हुनेछ भने दिउँसो घोराही टाईगर्स र देउखुरी वारियर्सबीच खेल हुने भएको छ ।
१७ गते बिहान देउखुरी वारियर्स र तुलसीपुर रोयल्स बीच खेल हुँदा दिउँसो पुरन्धारा च्यालेन्जर्स र दंगाली लायन्स बीच खेल हुने भएको छ । १८ गते दंगाली लायन्स र देउखुरी वारियर्स बीच खेल हुँदा दिउँसो तुलसीपुर रोयल्स घोराही टाईगर्स बीच खेल हुनेछ । लिगमा उत्कृष्ट दुई टीमले फाईनल खेल्नेछन् । फाईनल खेल १९ गते शनिबार हुने भएको दाङ क्रिकेट लिगका संयोजक तथा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

यसैबीच दाङ क्रिकेट लिग–२ को मुख्य प्रायोजक नेपाल टेलिकम भएको छ । दाङ क्रिकेट संघको आयोजनामा हुन थालेको फ्रेन्चाईज लिगको मुख्य प्रायोजक नेपाल टेलिकम भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो । आयोजक र मुख्य प्रायोजक नेपाल टेलिकम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

१९ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित घोराही क्रिकेट मैदानमा हुने सो प्रतियोगिताका लागि नेपाल टेलिकमले खेल क्षेत्रको विकासका लागि सामाजिक योगदान स्वरुप लगानी गरेको नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले बताउनुभयो । क्रिकेटको विकासका लागि तल्लो तहबाटै वातावरण निर्माण गर्नुपर्ने अवस्थामा दाङमा क्रिकेटको वातावरण राम्रो बन्दै गएको हुँदा नेपाल टेलिकमले सहकार्य गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल टेलिकम घोराहीका प्रमुख माधव खनालले दाङ क्रिकेट लिग सिजन–२ जिल्लाको क्रिकेट विकासका प्रमुख आधार रहेको बताउँदै यस प्रकारको प्रतियोगितामा संस्थागत सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । उहाँले क्रिकेटको विकासका लागि पूर्वाधार र खेलाडीमा लगानीको वातावरण बन्दै गएको हुँदा क्रिकेटलाई माथि उठाउन र व्यावसायिक बनाउन सबैको साथ सहयोग चाहिने बताउनुभयो । उहाँले क्रिकेट प्रतियोगिताले जिल्लाबाट राम्रा खेलाडी उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । क्रिकेटको विकासका लागि आगामी दिनमा पनि नेपाल टेलिकम सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा दाङ क्रिकेट लिगका संयोजक तथा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले लिगको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराउनुभयो । प्रंतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न साझेदार निकाय, संघसंस्थाहरुसँग भेटघाट भईरहेको बताउँदै उहाँले १४ गते निर्धारित समयमा खेल उदघाटन हुने बताउनुभयो । जिल्लामा हुन लागेको डिसिएल–२ मा साविक विजेता घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबले प्रतिष्पर्धा गर्नेछन् । फ्रेन्चाईज क्लबहरुले अक्सनमार्फत खेलाडी खरिद गरि सकेका छन् । अक्सनका लागि दुई सय बढी खेलाडीले रजिष्ट्रेशन भरेकामा ७० खेलाडी प्रतियोगिताका लागि छनोट भएका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका १ सय ३ जना, दाङबाट सिनियर समुहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना, १६ वर्ष मुनिको २१ जनाबाट पाँच फ्रेन्चाईज क्लबले खेलाडी भित्र्याएका छन् । ६ दिन चल्ने प्रतियोगितामा ११ खेल हुनेछन् । जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको जिल्ला सचिव एवम् प्रतियोगिता संयोजक सन्जु केसीले जानकारी दिनुभयो ।
लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो ।

डिसिएल–२ प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजकमा नेपाल टेलिकमसँगै गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही, अनलाईन पार्टनर खल्ती एप, अफिसियल पार्टनरमा गुरुकुल एकेडेमी, प्लेयर अफ द म्याचको पार्टनरमा किसान ट्रेडिङलगायत रहेका छन् । प्रतियोगिताको सफलताका लागि देशभित्र र देश बाहिरबाट पनि विभिन्न व्यक्ति, संस्थाबाट सहयोग भएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img