spot_img
spot_img

प्रेस चौतारी दाङले स्थापना दिवस तीन दिन मनाउने

राप्ती पोष्ट

दाङ, माघ । प्रेस चौतारी नेपाल दाङले प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

प्रेस चौतारी दाङका कार्यबाहक अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा बसेको बैठकले विस्तारित भेला, रक्तदान र स्थापना दिवस एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । घोराहीमा बसेको पदाधिकारी बैठकले फागुन १८ र १९ गते दाङको घोराहीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थापना दिवसका अवसरमा माघ २० गते तुलसीपुरमा विस्तारित भेला गर्ने र सोको तयारीका लागि उपाध्यक्ष सुधासुमन ढकालको संयोजकत्वमा कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव एकराज भण्डारी, तुलसीपुर नगर कमिटी अध्यक्ष वसन्त परियार र महिला विभाग संयोजक दिप्तीशिखा चौधरी सदस्य रहेको तयारी समिति समेत गठन गरेको छ ।

त्यसैगरी दोस्रो दिन माघ २१ गते लमहीमा रक्तदान गर्ने निर्णय गरेको छ । रक्तदानका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष दशरथ घिमिरेलाई जिम्मेवारी दिइएको छ । स्थापना दिवसको दिन माघ २२ गतेका दिन स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम घोराहीमा गरी मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि जिल्ला सचिव किरण गौतम संयोजक, सहसचिव चन्द्रप्रकाश नेपाली र कार्यसमिति सदस्य महेश बस्नेत सदस्य रहेको तयारी समिति गठन गरेको छ ।
साथै पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको संयोजकत्वमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सह–इन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य रीता लामा, पूर्व अध्यक्ष दुर्गालाल के.सी. सदस्य र कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जा सदस्य सचिव रहेको पुरस्कार छनौट समिति गठन गरेको छ ।

त्यसैगरी फागुन १८ र १९ गते प्रेस चौतारी दाङको आयोजना तथा लुम्बिनी प्रदेश कमिटीको समन्वयमा घोराहीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागिता हुनेगरी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको सचिव किरण गौतमले जानकारी दिनुभयो ।

बैठकले दुर्घटनामा परी घाइते भएका कार्यसमिति सदस्य अभिषेक डाँगीको स्वास्थ्य लाभको कामना तथा प्रेस चौतारी नेपाल दाङका पूर्व अध्यक्ष दुर्गालाल केसीका जेठा दाजु र प्रेस चौतारी नेपालकी साधारण सदस्य विमला के.सी. दाहालको जेठाजु कीर्तिपुर नगरपालिका–५ भत्क्यापाटी निवासी मन बहादुर खत्रीको निधनमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना सहितको शोक प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष शरद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज प्रदीप आचार्य, सह–इन्चार्ज टीका बस्नेत, दाङ जिल्ला इन्चार्ज अमृत गिरी, नेपका (एमाले) प्रेस चौतारी विभाग प्रमुख संगीत बस्याल, केन्द्रीय सदस्य सन्तोष दहित, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष दशरथ घिमिरे, पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी., प्रेस चौतारी नेपाल दाङका सल्लाहकार जे.एन. सागर लगायतले सुझावहरु राख्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img