अनिल आचार्य
लुम्विनी प्रदेशको राजधानी दाङ जिल्ला जहाँ एसियाको ठूलो उपत्यका रहेको छ । यो प्रदेश जहाँ गौतम बुद्धको जन्मस्थल रहेको छ । स्वर्गद्वारी महाप्रभुको नजिक, पाण्डवेश्वरमा एसियाको ठूलो त्रिशुल रहेको छ । यो भन्दा सुन्दर र रमाणीय ठाउँ अनेत्र भेटिदैन । यहाँका अनेकन प्राकृतिक र ऐतिहासिक सम्पदाले दाङलाई चिनाइ रहेको छ । आर्थिक क्षेत्रको कुरा गर्ने हो भने केही ठूला उद्योग र केही साना उद्योगहरु खुलेका छन् । आफै आत्मनिर्भर बन्दै गरेका बजारहरु, स्थानीय रुपमा खुलेका कुटीर, मझौला उद्योगहरु रहेका छन् । देशकै ठूला मध्यका सिमेन्ट उद्योगहरुले गर्दा पनि दाङ जिल्ला नेपालमा चिर परिचित छ । तर यहाँका नागरिकहरु अनेकन समस्यासंग जुधिरहेको अवस्था छ । कुनै दिन यहाँका व्यापार व्यवसाय सुक्दै जाने हो कि ? यहाँको सुन्दरता गुम्ने हो कि ? कतै यो मरुभूमि पो हुने हो कि भन्ने डर पैदा हुने गरेको छ । प्राकृतिक रुपमा सुन्दर हुँदा हुँदै पनि दाङको पूर्व पश्चिम राजर्माग र संगै जोडिएका उतर दक्षिणका रोडहरुका कारणले गर्दा दाङ जिल्लाको कुरुप चित्र झल्झल्ती आउने गरेको छ ।
सरकारी विद्यालय, कलेज, विश्व विद्यालयमा जति राज्यले लगानी गरेको छ सो अनुरूप उपलव्धि देखिदैन । शिक्षाका अनेकन संरचना हुँदा हुँदै पनि विश्वविश्वसनीता कायम नहुँदा बाहिरी जिल्लाबाट यहाँ पढ्न आउनुको साटो यहाका राम्रा विद्यार्थीहरू काठमाडौ हुदै यूरोप, अमेरीका, अष्ट्रेलियालाई आफ्नो गन्तब्य बताउदै छन् । स्वस्थ्यमा सरकारले लगानी गर्नु पर्ने जति नगर्दा र लगानी अनुसारको सेवा दिन नसक्दा ढुक्कले यहाँ औषधी उपचार नहुँदा जिल्ला छोडेर काठमाडौं र दिल्ली जानु पर्दा यहाँका स्वास्थ्य संस्थाहरु रिफर सेन्टर जस्ता वनेका छन् । शिक्षाको क्षेत्रमा हाम्रो अवस्था र स्थिती कलेजले विद्यार्थी नपाउने अवस्थामा पुग्न थालेको छ ।
कृषि उत्पादनको अवस्था झनै दयनीय लाग्यो छ । कृषि प्रधान देश हाम्रो ठूलो उपत्यका समथल भूमी हुँदा हँुदै पनि सिचाईको राम्रो प्रवन्ध गर्न नसक्दा कृषि उत्पादनले हामीलाई धान्न सदैन । यस क्षेत्रले दिशामा योगदान पुयाउनु पर्ने अवस्थामा आज जिल्लालाई मात्र पनि नपुगी दैनिक रुपमा खाद्यान्न तरकारी, फलफूल समेत जिल्ला बाहिर वा भारतको भर पर्दै जिवन धान्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा दाङको पैसा बाहिर पठाउँदा हामी सुखी र खुसी हुन् सक्ने कुरै भएन । त्यसैले आज, समाज बदल्ने, विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई अगाडी बढाउने भनेर सरकारी निकाय, सामाजिक संघ संस्था नेतृत्व गरीरहेका र गर्न खोजीरहेका व्यक्तिहरुले पार्टी, जाती, धार्मिक, क्षेत्रियता भन्दा माथि उठी आफ्नो बेग्लै पहिचान बनाउनुपर्ने अवस्था आएको छ । जसरी हाम्रो जिल्ला एसियाकै ठूलो उपत्यकाका रुपमा रहेको छ । लुम्विनी प्रदेश गौतम बुद्धको प्रदेश र देशको कुरा गर्दा सगरसाथाको देश भइ परिचय वनाइरहेको छ । अव त्यसलाई साकार पार्नका लागि सवै एकजुट हुनुपर्ने अवस्था आएको छ ।
हामीले भारतको बाट कोइनावास रोल्पा, रुकुम डोल्पा हुदै चाहता जोडने सुविधा सम्पन्न रोड बनाई दाङको उत्पादन सहित उत्तर चीन र दक्षिण भारतमा उत्पादित वस्तु पठाउन पाउने हो भने दाङ मै वसेर काम गर्नेलाई सन्तुष्टी मिल्न सक्नेछ । दाङ जिल्ला नेपाली कै रोजाइमा पर्न सक्ने छ । अव दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वले आर्थिक रुपमा मात्रै होइन कि अन्य विषयमा के कसरी प्रगति हासिल गर्न सकिन्छ भनेर छलफल चलाउनुपर्ने अवस्था आएको छ । जिल्लालाई उत्पादनको हव बनाउनका लागि सोही अनुसारको योजना ल्याउने । शैक्षिक संस्थाहरुसंग समन्वयन गरी यूरोप, अमेरीका अष्ट्रेलियामा पढाइ हुने प्राविधिक तथा आत्मनिर्भर, रोजगारी सिर्जना गर्न सक्ने शिक्षा यहाँका कलेजहरुले सम्बन्धन लिएर भए पनि शिक्षा दिनेहो भने ठूलो फड्को मार्न सकिने छ । यस्तै स्वास्थ्यको कुरा गर्ने हो भने सरकारी अस्पतालको स्तर अझै बृृद्धि गर्नुपर्छ । सरकारी स्वास्थ्यको अवस्था सुध्रन सक्यो भने निजी क्षेत्रले संचालन गरेको स्वास्थ्य क्षेत्रमा पनि ठूलै फड्को मार्न सकिनेछ । प्रत्येक रोगका लागि छुट्टा छुट्टै अस्पताल र सेवा विस्तार गर्न सक्ने हो भने जिल्ला छोडेर काठमाडौ वा दिल्ली जान पर्नेछैन ।
औद्योगिक क्षेत्रको बारेमा कुरा गर्दा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदयाल गुप्ताको पहलमा नै तत्कालिन घोराही ९ मा पर्ने करौतीडाँडाँमा ८६ विगाहा जमिन औद्योगिक क्षेत्रका लागि जमिन व्यवस्था गरिएको थियो । त्यो अघि बढ्न सकेन । त्यसपछि घोराही उपमहानगरपालिकाको वडा नं. ३ र ५ लाई जोड्ने गरेर औद्योगिक क्षेत्र व्यवस्थापनको प्रक्रिया त्यसै तुहिएको अवस्था छ । दाङमा उद्योगीहरुलाई सहजताको लागी औद्योगिक क्षेत्र हुन नसक्दा विकास पछि परेको कुरालाई हामी सवैले मनन् गर्नुपर्छ । संघका पूर्व अध्यक्ष हेमराज वञ्जाडे को नेतृत्वमा रहेको कार्यसमितिका सम्पूर्ण सदस्यहरुले औद्योगिक क्षेत्रका लागि जमिन खोजी र पहिचान गरी सरोकारवालासंग पटक पटक समन्वयन गरी फाइल तयार गरिसकिएको छ । उक्त फाइल औद्योगिक विकासको वोर्डको समन्वयमा नेपाल पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा दाङमा ्औद्योगिक क्षेत्र घोराही ३ र ५ मा पाँच सय ३४ विग्राह घोषणा भइसकेको थियो । हाल त्यो काम किन रोकिएको छ । काम किन अघि बढेको छैन । आगामी दिनमा त्यसलाई बातावरणिय प्रभाव मूल्याङ्कन गरेर डि.पि.आर गराउनका लागि पहल गर्नुपर्छ ।
अब दाङ औद्योगिक क्षेत्रलाई विस्तार गर्दै पश्चिममा साविक फुलवारीसम्म घोराही तुल्सीपुर, देउखुरीका उद्योगीहरुलाइ जोडी धुलो, धुवा कम हुने उद्योगहरूलाई प्राथमिकता दिई कृषि उपज, जडिवुटी, प्रसोधन, रिसाइकिलिन उद्योग, खाद्यान्न जस्ता धेरै उद्योगहरू स्थापना गरी विदेशी पैसा भित्याउने स्वदेशी पैसा स्वदेश मै राख्ने योजना बनाउनु पर्छ । आम उपभोक्ताले पनि स्थानीय उत्पादनलाई प्राथामिकतामा राखी प्रयोग गर्दा नया उद्योग लाई हौसला प्रदान हुन्छ । जसले गर्दा नव उद्योगीलाई हिम्मत गर्न सक्ने हुन्छन् । आत्मनिर्भर र रोजगारी सिर्जना हुन्छ । विगतका दिनहरूमा औद्योगिक भ्रमणमा जाँदा उद्योगीहरुलाई प्राथमिकता दिन नसक्दा संघमा छ हजार सात सय ५४ साधारण सदस्य रहेकोमा हाल त्यो संख्या आधा भन्दा कम भएको छ । यस्तो किन भइरहेको छ भन्ने बारेमा घोत्लिनु आवश्यक छ । दाङ जिल्ला उद्योग बाणिज्य संघले हरेक वस्तुगत समितिहरू संग समन्वय गर्ने र भावनात्मक एकतामा जोडि उद्योगहरु औद्योगीक क्षेत्रभित्र संचालन गर्ने बातावरण बनाउनुपर्छ । उद्योग स्थापना हुने हो भने रोजगार सृजना हुने, शिक्षा र स्वास्थ्यका पर्यटनका लागि बाहिरी जिल्लाबाट विद्यार्थी र पर्यटकिय नगरीका रुपमा विकास गर्न सक्ने हो भने प्रशस्त पर्यटकहरु आउने निश्चित छ । यस्तो भयो भने हामीले दाङ जिल्लालाई समृद्ध बनाउन सक्छौं । यति गर्न सकियो भने दाङ जिल्लाका नागरिकहरुलाई सुखी र खुशी तुल्याउन सक्ने छौं ।
(आचार्य, दाङ जिल्ला उद्योग बाणिज्य संघमा उद्योग उपाध्यक्ष हुनुुहुन्छ ।)