spot_img
spot_img

सुनमा पिसिएका घुनहरु

शरद अधिकारी

त्रिभुवन अन्तराष्र्टि«य विमानस्थलबाट एक क्युन्टल सुन बाहिरिदै गर्दा पक्राउ परेको घटनाले सर्वत्र माहौल तताएको छ । सुन कसरी आयो भन्ने कुरामा शंका छैन । हाम्रो विमानस्थलको सुरक्षा व्यवस्थामा रहेको कमजोरीपनाका कारणले गर्दा सुन भित्रिएको हो । नेपालको विमानस्थलको बाटोबाट ल्याइने सुन नेपालको बाटोबाट भारत लैजाने गरिन्छ भन्ने सुनिन्छ । विगतमा यस्तै गरी कयौं पटक सुन ल्याइयो । सुन ल्याएका बारेमा कसैलाई थाहा भएन । विगतमा किन पक्राउ परेको थिएन र अहिले पक्राउ गरियो भन्ने बारेमा सवैले अनुमान गरिसकेका छन् । पहिले सेटिङमा बाहिर निकासी गरियो अहिले सेटिङ मिलेन । नेपालमा अरु धेरै कुरामा सेटिङ चल्छ । जुन सुनको विषयमा चल्यो ।

त्रिभुवन विमानस्थलमा आएको सुनलाई पास गराउनका लागि गृहमन्त्री समेतको सेटिङ रहेको कुरा संचारमा आइरहेको छ । गृहमन्त्रीको ग्रिन सिंग्नल नभएको भए यो घटनामा प्रहरीले आफ्नो उपस्थिति जनाउने थियो । प्रहरीले पक्राउ गर्ने थियो । यो घटनामा प्रहरीले चासो देखाएको छैन । जवकी कुनै पनि सामान विदेशबाट आउँदा त्यसको जाँच गर्ने स्थानमा प्रहरी हुन्छ । प्रहरीले आँखा चिम्लेको घटनामा गृहमन्त्री नै जोडिन्छन । राम्रो काम गर्दा स्यावासी दिइन्छ । नराम्रो काम गर्दा त्यसको आलोचना हुन्छ । नेपालमा गृहमन्त्री हुँदा गरेका कृयाकलापका कारणले गर्दा धेरैले मुद्दा खेपेका छन् । पछिल्लो समय बालकृष्ण खाडको अवस्था पनि यस्तै भएको छ ।

नेपालमा जहिले पनि ठूला माछालाई उम्क्याउने र साना माछालाई खोरमा हाल्ने गरिदै आएको छ । अनेकन काण्डमा यस्तै हुन्छ । अहिलेको सुन काण्डमा एउटा पत्रिकाले व्यक्तिको नामै किटेर सुन उनैको हो भनिदियो । कसैले पनि व्यक्तिगत रुपमा सुन कसको हो भनेर दावी गर्न मिल्दैन । अनुसन्धान गरेर पुष्टि भयो भने त्यसका बारेमा लेख्न सकिन्छ । प्रमाणले दिन्छ भने लेख्न सकिन्छ । तर हामीकहाँ अनुसन्धानको प्रक्रिया थालनी नहुँदै न्यायाधीश बन्ने चलन चलेको छ । अनेकन अर्ति बुद्दि दिने, यसो हुनुपर्छ भनेर भन्ने गरेका अनेकन उदाहरणहरु रहेका छन् । अहिलेको सुन काण्डमा पनि धेरैले धेरै अर्तिबुद्धि दिइरहेका छन् ।

सुन काण्डमा मुख्य दोषि को हो भनेर पत्ता लाग्ने छैन । साना मानिसहरु, जो भरियाका रुपमा काम गरेका थिए तिनीहरु नै घुन बनेर पिसिन्छन । जो सोझो हुन्छ । जो गरीव हुन्छ । जो विपन्न हुन्छ । जो सामान्य जोहो गर्नका लागि कसैको भरिया बन्दछ उसलाई सवैले तारो बनाएका हुन्छन् । सुन काण्डमा यस्तै हुनेवाला छ । सुन काण्डमा अरु काण्डमा जस्तो हुँदैन । सुन विदेशबाट आउँछ । कसले कसरी सेटिङ मिलाएको हुन्छ भन्ने कुरा अर्कोलाई थाहा हुँदैन । यस्तै सेटिङ चरेस, गाँजा ओसार पसारको क्रममा भएको देखिन्छ । सुन काण्डमा पनि यहि भइरहेको छ ।

केही बर्ष अघि नेपालबाट रक्त चन्दन चीनमा निकासी गरियो । चीनमा ओलम्पिक आयोजना गर्दा त्यसमा प्रयोग गर्नका लागि नेपालबाट रक्तचन्दन लगिएको थियो । रक्त चन्दन कहिले पक्राउ पर्दथ्यो । कहिले त्यसका बारेमा कसैलाई थाहा नै हुँदैनथ्यो । रक्तचन्दन कसले तस्करी गरेको थियो भन्ने कुरा सवैलाई थाहा छ । रक्तचन्दनको तस्करीमा कसैलाई पनि कारवाही गरिएन । जसले कारोवार गरे ति धनि भए । नव सम्भ्रान्त भए । नेपालमा सामान ल्याउने खालको तस्करी मात्रै हुँदैन नेपालबाट लैजाने खालको पनि हुन्छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने गरेका घटना धेरै छन् । जस्तो दाङ जिल्लामा चरेशको उत्पादन हुँदैन । यहाँ चरेस ओसार पसार गर्नेहरुले ट्रान्जिट प्वाइन्ट बनाएको कुरा दुनियालाई थाहा छ । प्रहरीले यहाँ उत्पादकहरु भेट्दैन । मात्रै भरिया भेटछ । भरियालाई के कारवाही गर्ने ? सामान्य कारवाही गर्ने हो । केही बर्ष जेल बस्छ उ छुट्छ । फेरि त्यहि कारोवारमा लाग्छ । यसको कारण भनेको अपराधको जडसम्म पुग्ने इच्छाशक्ति नभएका कारणले हो । सुन काण्डको सन्दर्भमा पनि सरकारले यस्तै उदाशिनता अपनाएको छ ।

नेपालमा ३३ किलो सुनको काण्डले खुवै तताएको थियो । ३३ किलो कसले ल्यायो । कसले राख्यो । भन्ने बारेमा केही खुलेन । गोरे भन्ने एकजनालाई पक्राउ गरियो । अरु सवै चोख्खिए । अहिले त्यो भन्दा ठूलो काण्ड हो । अहिले त एक सय किलो भन्दा बढी छ । मात्रै कुरा के हो भने नेपालको विमानस्थलबाट यति धेरै सुन कसरी बाहिरिन सक्यो । हामी सामान्य नागरिकका रुपमा जाँदा आन्तरिक टर्मिनलमा पनि बेल्ट फुकालेर प्लेनमा चढ्न दिन्छ । विदेशमा आउने सामान जाँचमा भने कडाइ छ । आउँदा पनि सामानको चेकजाँच गरेर मात्रै लैजान दिन्छ । विदेशबाट आएको एक सय किलो भन्दा बढी सुनलाई दुई दिनसम्म अध्यागमन विभागमा राखिएछ । दुई दिन पछि व्यक्तिको जिम्मामा लगाइयो । त्यो सामानका बारेमा थाहा पाएरै छोडिएको हो भन्नेमा शंका छ्रन । सुनलाई यति सजिलोसंग कसरी छुटाउन सकिन्छ । नेपालको विमानस्थलको सुरक्षाको कुरा मात्रै होइन नेपालको समग्र सुरक्षा प्रणालीमाथिको प्रश्न हो । यसैगरी चल्दै गयो भने नेपालको अन्तराष्र्टि«य छवि के हुन्छ ? पक्कै पनि यो विषय गम्भिर छ । नेपालमा अनेकन काण्डमध्य यो पनि ठूलो काण्ड हो । यो काण्डमा गहुमा घुन पिसिए झै साना तहका कर्मचारीहरु, तल्लो तहका सुरक्षाकर्मीहरु मात्रै पिसिने खतरा बढेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img