spot_img
spot_img

‘एक सय एक’ सोच सार्वजनिक

‘एक सय एक’ सोच सार्वजनिक

राप्ती पोष्ट

तुलसीपुर, वैशाख । पत्रकार तथा सामाजिक अभियन्ता तुफानबावु श्रेष्ठले लेख्नुभएको जिन्दगी बदल्ने एक सय एक सोच शुक्रबार तुलसीपुरमा सार्वजनिक गरिएको छ । सकारात्मक सोचको विकास गराउनका लागि सहयोगी हुने पुस्तकमा एक सय एक वटा विभिन्न विषयहरुलाई समावेश गरिएको छ ।

दुई दशक अघि रेडियोमा ‘शान्त तलाउ’ नामक कार्यक्रम थाल्नुभएका श्रेष्ठले हरेक मानिसमा सकारात्मक सोचको विकास गराउनका लागि पुस्तक लेखेको बताउनुभयो । उहाँले लेख्नुभएको पुस्तकमा ऐतिहासिक बिषय, विभिन्न व्यक्तित्वका प्रेरक प्रसङ्गहरु समावेश गरिएको छ ।

तुफानबाबु श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालय राप्ती क्षेत्रकी प्रमुख गीता लगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियो । विमोचन समारोहमा बोल्ने वक्ताले पुस्तक जीवन उपयोगी भएको भन्दै पछिल्लो पुस्तालाई यस्ता सकारात्मक सन्देश दिने खालका प्रसङ्ग जानकारी दिन आवश्यक रहेको बताएका थिए । बक्ताहरुले लेखकलाई जिन्दगी बदल्ने एक सय एक सोच पुस्तकलाई हरेक विद्यालय र कलेजमा पु¥याउनसके यसको महत्व अझै बढेर जाने बताएका थिए ।

सो अवसरमा पुस्तकका लेखक श्रेष्ठले पुस्तकको माग बढ्दै गएको बताउँदै थप ५० हजार प्रति प्रकाशन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले आफूले लामो समयदेखि देख्दै भोग्दै आएका, पढेका र सुनेका कतिपय बिषयलाई पुस्तकमा समेटेको बताउनुभयो ।

पुस्तकको समीक्षा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले गर्नु भएको थियो । पुस्तकमा एक सय एकवटा फरक फरक खालका विषयहरु समेटिएको बताउँदै हरेक प्रसङ्ले भिन्नै खालको उर्जा दिने बताउनुभयो । उहाँले समाजमा नैतिकताको ह्रास हुँदै गएको बताउदै समाजमा सकारात्मक सन्देश दिने खालका पुस्तकको खाँचो औल्याउनुभयो ।

सो अवसरमा बोल्दै ब्रम्हकुमारी ईश्वरीय ब्रह्मकुमारी विद्यालयकी प्रमुख गीताले समाजमा सकारात्मक सोच दिने विचारहरुको अभाव हुँदै गएको बताउनुभयो । उहाँले ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालयको सोचसंग पुस्तकको सोच मिलेको बताउनुभयो । उहाँले पुस्तकको प्रचार प्रसार गरेर सवैको हातमा पुराउन आवश्यक रहेको बताउनुभयो । उहाँले खासगरी युवाहरुलाई सकारात्मक मार्गमा लगाउनका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का पूर्व अध्यक्ष जनप्रतिनिधि नवराज लामिछानेले समाजमा सकारात्मक सन्देश दिने खालका पुस्तकहरुको अभाव रहेको बताउनुभयो । उहाँले यस्ता पुस्तकको प्रचार प्रसार गर्नुपर्ने भन्दै युवाहरुका बीचमा पुस्तक पु¥याउन सुझाव दिनुभयो ।

यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसी, औषधी व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकाल, बुद्धप्रकाश सिंह लगायतले पुस्तक पढेपछि सकारात्मक उर्जाको संचार हुने बताउनुभयो । कार्यक्रमको सञ्चालन पत्रकार शरद रेग्मीले गर्नुभएको थियो । पुस्तक पाँच पोखरी प्रकाशन गृह काठमाण्डौबाट प्रकाशन भएको हो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img