spot_img
spot_img

लुम्विनी प्रदेश सभाको अधिवेशन पुस १८ गते

राप्ती पोष्ट

दाङ, पुस । लुम्बिनीका प्रदेश सभाको अधिवेशन यहि पुसको १८ गते हुने भएको छ । प्रदेश प्रमुख प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले जानकारी दिनुभयो । अधिवेशन लुम्बिनीको राजधानी दाङ, देउखुरीमा बोलाइएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यसअघि मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलो पटक त्यहाँ अधिवेशन हुन लागेको हो । लुम्बिनी प्रदेश ८७ जना सांसद रहेका छन् ।

शपथग्रहण पुस १७ गते

यसैबीच लुम्बिनी प्रदेशसभा सदस्यको शपथग्रहण पुस १७ गते स्थायी राजधानीमा गरिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले पुस १७ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिनुभयो । पुस १६ गते शपथ गर्ने भनिएकोमा सो दिन शनिबार परेकाले भोलिपल्ट शपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ ।

मन्त्रीपरिषद्को निर्णय प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिव डाक्टर दिपक काफ्ले प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्वनवलपरासीमा स्वागतद्वारा निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको सम्मेलन स्थगित

यसैगरी लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना थियो । तर, अन्य प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्ने तयारी थियो । स्थायी राजधानी देउखुरी भ्रमण गराउने उद्देश्य भए पनि अब आउने नयाँ मुख्यमन्त्रीहरु सहभागी हुने गरी सम्मेलन गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

रोक्का जग्गा फुकुवा हुने

यसैगरी लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा ढिलोमा यही पुस महिना भित्रै खुल्ला हुने भएको छ । स्थायी राजधानी घोषणा संगै रोक्का गरिएको जग्गा फुकुवाको काम अन्तिम चरणमा पुगेपछि यही ढिलामा पुस महिना भित्रै खुल्ला हुन लागेको हो ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तरगत प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीका अनुसार जग्गा एकिकरण अर्थात ल्याण्डपुलिङ्ग आयोजनामा अनिवार्य समावेश हुने सर्तमा जग्गा फुकुवा गर्न लागेको जानकारी दिनुभयो । राजधानी क्षेत्रको मास्टर प्लान तयार भई जग्गा एकिकरण कार्यको अन्तिम प्रक्रिया बाँकी रहेकोले राजधानीबासीको माग र समस्यालाई मध्यनजर गर्दै रोक्का जग्गा फुकुवा गर्न थालेको बताउनुभयो ।

जग्गा फुकुवा भएपछि फेरि पहिले कै अवस्थामा नेपाल राष्ट्र बैंकको निति अनुसार धित्तो मूल्याङ्कनका आधारमा बैंकहरुले निर्धकका साथ लगानी गर्ने तथा पूर्णरुपले किनबेच गर्न सक्ने गरी जग्गा फुकुवा गर्न लागेको अध्यक्ष चौधरीले बताउनुभयो । तर जग्गा किनबेच गर्दा भने किने व्यक्ति र बिक्री गर्ने दुबै व्यक्ति अनिवार्य रुपमा जग्गा एकिकरण आयोजनामा समावेश हुने सर्तमा मात्र किनबेच गर्न पाइने तथा बैंकमा ऋण लिंदा समेत प्रदेश राजधानी जग्गा एकिकरणको वडा—वडामा स्थापना हुने कार्यालयबाट सिफारिस लिनुपर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

यता प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाले माघ १ गते देखि वडा—वडामा कर्मचारी खटाउने भएको छ । जग्गा एकिकरण आयोजनालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन र आयोजनाको कामलाई गति प्रदान गर्न इन्जिनियर सहितको टिम वडा—वडामा खटाउन लागेको प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाका अध्यक्ष चौधरीले बताउनुभयो । राजधानी क्षेत्रका १४ वटै वडाहरुमा इन्जिनियर, अमिन, अधिकृत र सवओभरसियर सहितको कर्मचारी खटाउने गरी काम थालेको अध्यक्ष चौधरीले जानकारी दिए । जसका लागि आवश्यक कर्मचारीहरु नियुक्ति गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।

२०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाई भन्दा बढी सांसदहरुको समर्थनमा प्रदेशको नाम लुम्बिनी र दाङ—देउखुरीको भालुवाङलाई केन्द्रबिन्दु मानेर राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाको वाड नम्बर ८ र ९ लाई समेटेर राजधानी राप्ती उपत्यका घोषणा गरेको थियो । राजधानी घोषणा संगै तत्कालिन प्रदेश सरकारले राजधानी क्षेत्रको जग्गा समेत रोक्का गरेको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img