spot_img
spot_img

दाहाललाई प्रधानमन्त्रीको सपथ

आठ सदस्यीय मन्त्रिमण्डल

राप्ती पोष्ट

दाङ, ११ पुस । नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहालले सपथ लिनुभएको छ । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सहित तीनजनालाई उप प्रधानमन्त्री र अन्य चारजनालाई मन्त्री पदको शपथ गराउनुभयो ।

प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ । अर्थमन्त्रीका रुपमा उहाँ तेस्रो पटक जिम्मेवारीमा आउनुभएको छ ।

यसैगरी माओवादीबाट बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उप प्रधामन्त्री सहित भौतिक पूर्वाधार मन्त्रालय पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका रवि लामिछाने उप प्रधानमन्त्री सहित गृहमन्त्री बन्नुएको छ । नेकपा एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।

आठ सदस्यीय मन्त्रिपरिषद्‍मा एमालेका राजेन्द्र राई र जनमतका अब्दुल भने पहिलोपटक मन्त्री हुनुभएको छ । यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार