राप्ती पोष्ट
काठमाडौं, १० पुस । नेकपा एमाले लगायतको समर्थनमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ ९२० बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ ।
यससँगै उहाँ नेपालका ४४ औँ प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ।
साथै तीन जना स्वतन्त्र सांसदहरुले पनि दाहाललाई समर्थन गरेका छन्। स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवले समर्थन गरेका हुन्। स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन उहाँलाई छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ।