spot_img
spot_img

घोराही उपमहानगरपालिका वडा नं. १४ द्वारा सुझाव संकलन

राप्ती पोष्ट

घोराही, २१ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि सुझाव संकलन गर्न थालेको छ । वडा नं. १४ मा व्यवस्थित रुपमा एकिकृत बिकास तथा कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने उद्देश्यका साथ सुझाव संकलन जारी राखेको वडा नं. १४ कार्यालयले जनाएको छ ।

सोही क्रममा वडा कार्यालयले वडाका राजनीतिक दल तथा विभिन्न सरोकारवाला क्षेत्रका नागरिकहरुसंग सुझाव संकलन गरेको थियो । त्यसक्रममा जनताको समस्या र विकास प्रमुखतामा राख्दै नीति तथा कार्यक्रम ल्याउन सुझाव दिइएको थियो ।

वडा अध्यक्ष भानसिंह बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निवर्तमान वडाअध्यक्ष शक्तिराम डाँगीले वडाले थाल्ने राम्रा र रचनात्मक काममा पूर्ण रुपमा सहयोग मिल्ने र नकारात्मक कुरामा खवरदारी गर्ने बताउनु भयो । उहाँले पुराना कामलाई प्राथमिकता दिदै जनतामुखी नयाँ कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अधिकारकर्मी बिकिरण गौतमले खल्तीबाट योजना निकाल्ने काम बन्द गर्दै समस्यामा केन्द्रित र वास्तविक योजना छनोट गर्नुपर्ने बताउनु भयो । अर्काेतिर बजारमा आर्थिक बिकास अन्तरगत कृषिमा बजारी क्षेत्रमा कौसी खेती, कृषकलाई आर्थिक सहयोगभन्दा यन्त्र सहयोग, नाला व्यवस्थापन, शिक्षामा स्तरबृद्धि गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रम, कला संस्कृति एवं पर्यटन, महिलालाई आत्मसुरक्षा तालिम, खेलकुद मैदान र खेलाडी उत्पादनमा लगानी बढाउनु पर्ने बताउनु भयो ।

पूर्व जनप्रतिनिधि श्यामप्रसाद सुवेदीले वडाको सबैभन्दा ठुलो समस्या अव्यवस्थित पार्किङ रहेको बताउदै यसलाई गम्भिरताका साथ हेर्नुपर्ने बताउनुभयो । नागरिक समाज दाङका निवर्तमान अध्यक्ष चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामदयाल गुप्ता, खेलकुद क्षेत्रबाट कैलाश रोका, नरेन्द्र पुनले बोल्दै गुरुयोजना बनिसकेका वडा भित्रका निर्माण कार्यमा भैरहेको ढिलासुस्तीलाई गति दिन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँहरुले अहिले ईन्डोर खेलका लागि कभर्ड हल भएपनि खुल्ला मैदानमा खेलिने खेलकुदका लागि खेल मैदान आवश्यक रहेको बताउनुभयो । यस्तै लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि कार्यक्रम ल्याउन माग गर्नुभयो । चुनावका बेला चर्चा पाउने सुकुम्बासी र गुठिको जग्गाको समस्या समाधनलाई निती तथा कार्यक्रममा समेट्नु पर्ने सुझाव सहभागीको थियो । यसका साथै बजार क्षेत्रमा सार्वजनिक शौचालय तथा खानेपानीका धाराको संख्या बढाउनु पर्ने, बालमैत्री कार्यान्वयनलाई प्रभावकारी बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका विषयलाई निती तथा बजेटमा समेट्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव तिलक डाँगीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img