spot_img
spot_img

अवैध लागु औषध सहित पक्राउ

राप्ती पोष्ट

घोराही,  जेठ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीबाट अवैध लागु औषध(खैरो हिरोइन) सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार राती घोराही उपमहानगरपालिका वडा नं. १५ शान्तिनगर टोलमा रहेको सुप्रिम होटल एण्ड फास्ट फुड नास्ता पसलबाट दुईजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी रमेश पुनमगर र रुकुमपूर्व उत्तर गंगा गाउँपालिका वडा नं. ७ निवासी २० बर्षिय विशाल बुढामगर रहेका छन् । होटलमा लागु औषधको कारोवार भइरहेको छ भन्ने सुचना पाएपछि पुगेको प्रहरीको टोलीले हिरोइनका साथमा दुईजनालाई पक्राउ गरेको हो । उनिहरुबाट छ वटा प्लाष्टिकका टुक्राहरुमा राखेको अवस्थामा लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला गरिएको थियो । जसको तौल दुई ग्राम ३० मिलिग्राम रहेको बताइएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को १ मा भएको व्यवस्था बमोजिम २५ ग्रामसम्मको कारोवार गर्नेलाई हुने सजाय हुने देखिन्छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई ५ देखि १० बर्ष कैद र पाँच हजार देखि २५ हजार रुपैयासम्म जरिवाना हुन सक्ने देखिन्छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img