spot_img
spot_img

घोराही १४ मा सार्वजनिक सुनुवाई

राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको सुनुवाईमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीसहित विभिन्न शाखा, महाशाखा र सरोकारवालाहरुको उपस्थिती थियो ।

वडाको कूल ७३ वटा योजना रहेको मध्य २६ वटा योजना सम्पन्न भएकोमा १६ वटा योजनाको भुक्तानी समेत भैसकेको वडा कार्यालयले जनाएको छ । बाँकी ६७ वटा योजना पनि सम्झौता भैसकेको छ । वडा कार्यालयले २ सय ६९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।

यसैगरी सामाजिक सुरक्षा तर्फ ६ सय ८९ जना सुचिकृत भएको र फागुन मसान्त सम्म एक करोड १७ लाख ११ हजार पाँच सय ५८ रुपैयाँ ५४ पैसा राजस्व संकलन भएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य तर्फ परिवार नियोजन सम्बन्धि सेवा लिनेहरुमा नयाँ नौ सय ६९ जना, एक हजार आठ सय पाँच पुराना नागरिकहरुले सेवा लिएका छन् ।

चार पटक गर्भवती जाँच गराउने दुई सय ३९ जना, आइरन एक सय ८० र जुकाको औषधी खाएका दुई सय ८५, ३८ जनो सुरक्षित गर्भपतन गराएको, पिल्स, डिपो, इम्प्लान्ट, आईससूसिडी सेवा लिने ४ सय ४७ जना, ७३ सय १५ वटा कण्डम वितरण र १९ हजार ७ सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यस्तै कार्यक्रममा घोराही उपमहानगरापालिकाका प्रमुख नरुलाल चौधरीले गुनासो रहित काम गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभएको छ । नगरले गर्ने सबै काममा गुणस्तरीय र गुनासो रहित बनाउने प्रयासमै रहेको भन्दै त्यसको निगरानी सबै सरोकारवाला र नगरबासीहरुले गर्नुपर्ने उहाँको भनाई छ । शिक्षामा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान, तह अनुसारको प्रधानाध्यापकको व्यवस्था गरेको जानकारी दिनुभयो । त्यसैगरी, कालो पत्रे सडकलाई बलियो बनाउन अक्सफाल्ट विधी अपनाईएको र आफुहरु निर्वाचित भएर आएपछि गरेको त्यस्तो प्रविधिको कालोपत्रे मर्मत गर्नु नपरेको बताउनुभयो ।

कार्यक्रममा वडाबासीहरुले एकीकृत समन्वयकारी भूमिका नहुदा अघि हुनुपर्ने काम पछि र पछि हुने काम अघि भएको बताएका छन् । पहिले सडक कालोपत्रे गर्ने र पछि नाला बनाउने कार्यले कालोपत्रे अस्तव्यस्त भएको, पहिले गरेको लगानी खेर गएको, समन्वय नगरि टेलिफोन र पानीको पाईप राख्न सडक काट्ने तर मर्मत नगर्दा समस्या भएको, निर्माण कार्यमा निकै ढिलाई भएको, निर्माण सामग्रीको मूल्य आकाशिँदा स्टिमेट कम र लागत धेरै हुदा निर्माण कार्य रोकिने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

साथै, नालाबाट फोहोर सहज ढंगले बगाउने, सडक बत्ती भरपर्दोे हुनुपर्ने, लागुऔषध दुव्र्यसनीलाई रोक्नुपर्ने, पार्किङलाई व्यवस्थित गर्नुपर्ने विषयमा समेत वडाबासी आवाज उठाएका छन् । विभिन्न टोलका प्रतिनिधी नरबहादुर बुढाथोकी, तुलसीराम दाहाल, अनिल सेर्पाईली, दुर्गाबहादुर थापा, सन्तबहादुर वुढा, भानुभक्त पाण्डे, एकराज खनाल, सुभाष नेपालीलगाएतकाले आ आफ्ना भनाई सुझावसहित गुनासो राख्नुभएको थियो ।

कार्यक्रममा उठेका विषयमा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष शक्तिराम डाँगी, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, राजस्व शाखा प्रमुख कृष्णकुमार केसी, वडा प्रहरी कार्यालयका प्रमुख हृदेश सापकोटा, ट्राफिक प्रहरी प्रमुख थम्मन जिसी लगाएतले कार्यक्रममा सहभागीहरुबाट उठेका विषयका बारेमा जवाफ दिनुभएको थियो । कार्यक्रमको सञ्चालन चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img