राप्ती पोष्ट
देउखुुरी, चैत । लामो समय सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहनु भएका राप्ती उद्योग बाणिज्य संघ भालुबाङ्गका निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेल, सिसहनिया उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष शान्तराज भण्डारी लगायत विभिन्न पार्टीमा आवद्ध रहेकाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस परित्याग गरे उहाँहरु नेकपा एमाले एमालेमा प्रवेश गर्नुभएको हो । आइतबार लालमटियामा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिव्युरो सदस्य तथा नेकपा एमालेका जिल्ला इञ्चार्ज नरुलाल चौधरी, सह–इञ्चार्ज तथा सांसद गंगा थारु, लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लेखा आयोगका सदस्य रेवतीरमण शर्मा लगायतले उहाँहलाई पार्टी प्रवेश गराउनु भएको थियो ।
नेकपा एमाले राप्ती गाउँपालिका कमिटीको आयोजनामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम लालमटीयामा आयोजना गरिएको थियो । नेकपा एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै चौधरीले जनताले परिवर्तन चाहेको, त्यो परिवर्तन एमालेको नेतृत्वमा सम्भव रहेको बताउनुभयो । विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले मात्रै गर्न सक्ने भन्दै उहाँले नेकपा एमालेको निती विचार र सिद्धान्तमा आवद्ध हुनेहरुको संख्या बढीरहेको चर्चा गर्नुभयो । उहाँले आगामी सवै खालका निर्वाचनका नेकपा एमालेको बर्चश्व रहने दावी गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्र्दै केन्द्रीय सदस्य गंगा थारुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले विकास निर्माणको गतिलाई तिव्रता दिएको चर्चा गर्नुभयो । उहाँले नेपालको समृद्धिका लागि नेकपा एमालेले जित्नुको विकल्प नरहेको बताउनुभयो । यस्तै नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोगका सदस्य सरस्वती गौतम, जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, जिल्ला सचिव मनोहर बुढाथोकी लगायतले सम्बोधन गर्नु भएको थियो ।
यसैबीच नेकपा एमालेमा प्रवेश गर्नुभएका पोख्रेललाई कारवाही गरिएको विज्ञप्ती राष्ट्रिय जनमोर्चाले जारी गरेको छ । नेकपा एमालेमा प्रवेश गर्ने चर्चा चलेपछि उहाँलाई जनमोर्चाले कारवाहीको विज्ञप्ती जारी गरेको थियो ।