spot_img
spot_img

नेपाल अपाङ्ग संघका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको सँझना

घोराही, माघ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९४ औं जन्म जयन्ती दाङमा पनि मनाइयो ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाले आयोजना गरेको कार्यक्रममा नेपालमा शारिरिक अपाङ्गता भएकाहरुको अधिकारका लागि खगेन्द्र बहादुर बस्नेतले खेलेको भूमिकाको चर्चा गरिएको थियो ।

नेपाल अपाङ्ग संघमा आवासिय रुपमा रहेका अपाङ्गहरु

नेपाल अपाङ्ग संघ दाङका अध्यक्ष शरद अधिकारीले खगेन्द्र बहादुर बस्नेतको व्यक्तित्व र जीवनीको चर्चा गर्नुभएको थियो । विक्रम सम्वत १९८५ सालमा जन्मिएर ४९ बर्षमात्रै जिवित रहनुभएका खगेन्द्र बहादुर बस्नेतले शारिरीक अपाङ्गता भएकाहरुका लागि गरेको योगदानको अधिकारीले चर्चा गर्नुभएको थियो ।

जन्मदा सांग भएपनि २२ बर्षको उमेरमा अपाङ्ग हुनुभएका खगेन्द्र बहादुर बस्नेतले काठमाडौंको जोरपाटीमा अपाङ्ग पुनःस्थापना केन्द्र संचालन गरेर देशभरका अपाङ्गहरुको हितमा काम गरेको धारणा कार्यक्रमका बक्ताहरुको थियो ।
कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका उप महासचिव चिन्तामणि पौडेलले अपाङ्ग संघले गरिरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै दाङ शाखाका निवर्तमान सभापति श्रीमण न्यौपानेले अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्नु कठिन कार्य भएको भन्दै खगेन्द्र बहादुर बस्नेतले महत्वपूर्ण योगदान गर्नुभएको चर्चा गर्नुभएको थियो ।

शाखा सचिव भुमा चौधरीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत शाखाका उप सचिव निशान्त आचार्यले गर्नुभएको थियो । नेपाल अपाङ्ग संघले संस्थापक अध्यक्ष बस्नेतको सँझनामा हरेक बर्ष माघको ५ गतेका दिन कार्यक्रम गर्ने गरेको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img