spot_img
spot_img

राप्ती मोडर्न एकेडेमी र बुद्ध हस्पिटलबीच समझदारी

राप्ती पोष्ट

घोराही, २ बैशाख । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी र घोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सोमबार विद्यालय प्रांगणमा उक्त सम्झौता गरिएको हो।
समझदारी पत्रमा विद्यालयका निर्देशक डा। भीमसेन गिरी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० किशोर कुमार आचार्यले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको थियो।

समझदारीपछि बोल्दै सिइओ आचार्यले सहकार्यले दुई संस्थाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्य एकअर्काका परिपूरक क्षेत्र भएको उल्लेख गर्दै यस सम्झौतामार्फत विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीले अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवामा सहुलियत पाउने जानकारी दिनुभयो।

उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा थप कार्यक्रममार्फत सम्बन्ध सुदृढ गरिने बताउनुभयो। निजी क्षेत्रबाट सञ्चालित उक्त अस्पतालले जिल्लामा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय सेवा प्रवाह भइरहेको पनि उहाँको भनाइ थियो।

सम्झौताअनुसार विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीले उपचारका लागि आफ्नो परिचयपत्र ९आइडी कार्ड० प्रयोग गर्न पाउनेछन् भने अभिभावकहरूले विद्यालयको सिफारिसका आधारमा सहुलियत सेवा लिन सक्नेछन्। यसबाट विद्यालयसँग आवद्ध परिवारले अस्पतालका विभिन्न सेवामा विशेष छुट पाउने जनाइएको छ।

विद्यालय व्यवस्थापन प्रमुख रेशम गिरीले यो पहिलो औपचारिक समझदारी भएको जानकारी दिँदै यसले विद्यालय समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच र सहुलियत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सहकार्यका लागि अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका काउन्सिलर दुर्गा प्रसाद शर्माले गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार