spot_img
spot_img

सेवाको प्रभावकारिता

सम्पादकीय

सेवाको प्रभावकारिताका लागि कुनै पनि निकायको नियमन गरिनुपर्छ । सेवाको प्रभावकारिताका लागि कुनै पनि कामको निगरानी गरिनुपर्छ । भइरहेका कामको निगरानी गरिएन भने त्यो कामले परिणाम दिन सक्दैन । हाम्रो नेपालमा नियमहरु किन बन्छन ? भन्दा नियमहरु तोड्नका लागि बन्छन् । नियमहरु पलनाका लागि बन्दैनन् । जो पदमा बसेको हुन्छ । जो सत्तामा हुन्छ । जो संग सोर्स फोर्स हुन्छ उसले नियम मान्नु पर्दैन । उसका लागि सवै अनुकुल हुन्छन । नियमनकारी निकायहरु पनि उसका लागि अनुकुल हुन्छन । हामीकहाँ विभिन्न खालका सेवाका निकायहरु छन् । केही सरकारी छन् । केही गैर सरकारी छन् । केही स्वतःस्फूर्तमा रुपमा खुलेकाहरु रहेका छन् । सरकारी निकायहरुमा विभिन्न तह छन् । विभिन्न तहका कार्यालयहरु छन् । सरकारी निकायमा रहेकाहरु नीजि क्षेत्रलाई नियमन गर्दछन् । निगरानी राख्दछन् । नेपालमा भ्रष्टाचार निवारण चुर्णमा पनि भ्रष्टाचार हुन्छ । निगरानी र नियमन टाढाको कुरा हुन्छ । जो निगरानीका लागि जाँदै हुन्छ उसैले म निगरानीमा आउँदैछु भनेर पहिल्यै सचेत गराउँछ । अर्थात सूचना चुहाउने काम गर्दछ । यसरी सूचना चुहाउनेबाट नियमन कसरी हुन्छ ? निगरानी कसरी हुन्छ ।

राजनीतिमा एउटा विषय चर्चामा हुने गर्दछ । त्यो भनेको चेक एण्ड व्यालेन्स । चेक एण्ड व्यालेन्स के मा हुन्छ ? राजनीतिमा हुन्छ । लोकतन्त्रमा हुन्छ । सवै व्यवस्थामा यस्तो चेक एण्ड व्यालेन्स हँुदैन । लोकतन्त्रमा चेक एण्ड व्यालेन्स हुन्छ । राजनीतिमा सरकार हुन्छ । संसद हुन्छ । सरकार र संसदले गरेका कतिपय निर्णयहरु कानुन सम्मत नहुन सक्छन् । कतिपय विषयहरु विवादिन हुन सक्छन् । कतिपय विषयहरुमा पुनःर्विचार गर्नुपर्ने हुन्छ । यस्तोमा अदालतले त्यसलाई अंकुस लगाउँछ । अदालतले व्यालेन्समा राख्ने काम गर्दछ । सरकारले गरेका कामको निगरानी संसदले गर्दछ । संसदले बनाउने कानुनको व्याख्या अदालतले गर्दछ । यि तिनवटै निकायले गरेको कामको निगरानी चौथो अंगका रुपमा रहेको पत्रकारिता जगतले गर्दछ । नेपालमा पनि पत्रकारिताले विभिन्न विषयहरु उजागर गरेको छ । विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेको छ । पत्रकारिताप्रतिको आकर्षण यस कारणले गर्दा कायम छ । राजनीतिमा चेक एण्ड व्यालेन्सका साथै शक्ति पृथकिकरणको सिद्धान्तका आधारमा सत्ता संचालन गर्ने परिपाठी हुन्छ । एउटा कुनै निकायलाई त्यसै छोडिदियो भने त्यसमा निरङ्कुशता हावी हुन्छ । निरङ्कुशता हामी कसैका लागि स्वीकार्य छैन । हाम्रा कतिपय निकाय साँढे जस्ता भएका छन । कुनै निकायले नियमन गर्दा त्यसलाई वेवास्ता गर्दछन् । कतिपय व्यक्तिहरु यस्तै छन् । नियममा बस्न चाँहदैनन् । नियमलाई मान्ने भन्दा तोड्ने काम गर्दछन् । नियम मान्ने कुरा सामान्य मानिसका लागि मात्रै बाध्यताको विषय होइन । नियम सवैले मान्नुपर्छ । नियम सवैले जान्नुपर्छ ।

नेपालमा सरकारको कमी छैन । वडामा वडा सरकार । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा बेग्ला बेग्लै सरकार । जहाँ सत्तापक्ष मात्रै हुन्छ । जित्नेहरु सवै सत्तापक्षका रुपमा रहन्छन् । पालिकाहरु सवैभन्दा तल्लो तहका सरकार हुन, जुन सवैका लागि काम लाग्ने तह हो । यसपछिको सरकार भनेको प्रदेश सरकार हो । प्रदेश सरकारमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छ । स्थानीय तहमा हुने कामको निगरानी गर्ने निकाय नागरिक स्वयम हो । नागरिकका साथमा संचार छ । प्रदेशमा प्रतिपक्ष हुन्छ । अरु दल हुन्छन् । यस्तै संघमा सरकार हुन्छ । सरकारलाई खवरदारी गर्ने संसद हुन्छ । संसदीय समितिहरु हुन्छन । संसदलाई निगरानीमा राख्ने अदालत पनि हुन्छ । यसका साथै संचारको निगरानी जहिले पनि हुने कुरा भइहाल्यो । जव कुनै निकायलाई निगरानी गरिदैन तव त्यो निकायले आफूलाई स्वेच्छाचारी रुपमा प्रस्तुत गर्दछ । जव कुनै निकायले आफूलाई स्वतन्त्र ठान्दछ तव उसले स्वतन्त्रताको दुरुपयोग गर्ने खतरा हुन्छ । निगरानी र नियमनले प्रणाली बलियो हुन्छ । प्रणालीलाई कमजोर बनाउने भनेको स्वेच्छाचारिताले हो । प्रणाली बनाउने सवालमा सत्तामा बसेकाहरुले पहिलो प्रयास गर्नुपर्छ । प्रणाली बलियो बनाउने सवालमा जिम्मेवारी पाएकाहरुले बढी चासो दिनुपर्छ । निगरानी गर्नेले निगरानी गरौं, नियमन गर्नेले इमान्दारितापूर्वक जिम्मेवारी बहन गरौं । स्थानीय सरकारले नियमन गरौं । स्थानीय कार्यालयहरुले ठिक तरिकाले कार्य सम्पादन गरौं । स्थानीय सरकारले गर्ने कामको प्रभाव प्रत्यक्ष रुपमा पर्दछ । सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा दिने काम गरौं ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार