लायन्स एरिया नं. २ बाट पाँच लाख बढी संकलन
राप्ती पोष्ट
दाङ, १५ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा तथा आसपासका क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एन, एरिया नं. २ बाट करिब पाँच लाख रुपैयाँ सहयोग संकलन भएको छ ।
एरिया नं. २ अन्तर्गत रहेका २५ वटा लायन्स क्लबमध्ये १४ वटा क्लब तथा केही व्यक्तिगत सदस्यबाट हालसम्म पाँच लाख भन्दा बढी रुपैयाँ संकलन भएको एरिया चिफ भरतराज देवकोटाले जानकारी दिनुभयो । बाँकी क्लबहरूले पनि विपद् प्रभावितका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उहाँले बताउनुभयो ।
विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले एरिया नं. २ ले आफ्ना क्लबहरूलाई सहयोग संकलन तथा राहत अभियानमा जोडेको हो । संकलित रकम सम्बन्धित प्रक्रियामार्फत विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ ।
हालसम्म सहयोग गर्नेमा व्यक्तिगत रूपमा पूर्व गभर्नर विनोदकुमार श्रेष्ठले ११ हजार रुपैयाँ र सिनियर डिष्ट्रिक एक्जुकेटिभ चिफ लव अधिकारी अधिकारीले छ हजार तीन सय ९९ रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी लायन्स क्लब अफ लमही जागरणले ५० हजार, लायन्स क्लब अफ प्युठानले एक लाख ४० हजार पाँच सय ६५, लायन्स क्लब अफ राप्ती इन्जिनियरिङले २० हजार, लायन्स क्लब अफ दाङ चैतन्य मौरिघाटले ६२ हजार पाँच सय, लायन्स क्लब अफ दाङ नारायणपुरले ३१ हजार र लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
लायन्स क्लब अफ देउखुरीले ३७ हजार एक सय १६ रुपैयाँ, लायन्स क्लब अफ राप्ती क्यापिटलले २६ हजार सात सय १५, लायन्स क्लब अफ प्युठान फूलबारीले २० हजार, लायन्स क्लब अफ प्युठान भित्रीकोटले ५२ हजार पाँच सय र लायन्स क्लब अफ प्युठान धर्मावतीले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी लायन्स क्लब अफ घोराही सिटीले समेत २१ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । क्लबले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको दुःखद घडीमा साथ, सहयोग र ऐक्यबद्धता जनाउँदै मानवीय सेवाको भावनासहित सहयोग गरेको जनाएको छ । लायन्स परिवारले प्राकृतिक विपत्तिका बेला मानवताको सेवामा एकजुट हुँदै आएको उल्लेख गर्दै बाढी प्रभावितको पीडामा केही राहत पु¥याउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको जनाएको छ ।
लायन्स परिवारबाट एक करोड बढी सहयोग




