राप्ती पोष्ट
घोराही, भदौ । नेकपा एमाले दाङले पार्टीकी सेल्टरदाता तथा नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सचिवालय सदस्य तुलसा केसी आमा कलावती खत्रीको निधनमा आइतबार उहाँकै निवासमा श्रद्धाञ्जली सभा आयोजना ग¥यो ।
नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले कलावती खत्रीले पंचायती व्यवस्थाको समय देखि नै सेल्टरदाताका रुपमा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले खत्रीको व्यक्तित्व र योगदानको बारेमा बोल्नुभएको थियो ।
यस्तै नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य छविलाल वलीले खत्रीले राजनीतिक र सामाजिक रुपमा योगदान पु¥याएको चर्चा गर्नुभयो । उहाँले आफू मात्रै होइन आफ्ना सन्तानलाई पनि राजनीतिक अभियानमा लगाएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेशका सचिव लक्ष्मण आचार्यले बोल्नुभएको थियो भने खत्रीकी छोरी तुलसा केसीले आमाले आफूहरुका लागि गरेको योगदानको स्मरण गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम संचालन जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो ।