spot_img
spot_img

परिवार नियोजन दाङ ४७ औं बर्षमा

शाखा सभापतिमा पोख्रेल र कोषाध्यक्षमा श्रेष्ठ

राप्ती पोष्ट

दाङ, २७ असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाको अध्यक्षमा माया पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल परिवार नियोजन संघ दाङको शनिबार भएको ४७ साधारण सभामा पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरिएको थियो ।
निर्वाचन अधिकृत दिपक कुमार रेग्मीले निर्वाचनका लागि निर्धारित कार्यतालिकामा अध्यक्ष पदमा पोख्रेलको मात्रै उमेदवारी परेको थियो । यस्तै कोषाध्यक्षमा पनि रेणु कुमारी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो । परिवार नियोजनको विधान अनुसार अध्यक्ष र कोषाध्यक्षमा मात्रै निर्वाचन हुने गर्दछ । सोही अनुसार दुवै पदमा एक÷एक जनाको मात्रै उमेदवारी परेको थियो ।

अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन समारोहमा निर्वाचन अधिकृत रेग्मीले उहाँहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो । परिवार नियोजनको विधान अनुसार चार जना सदस्यहरु विभिन्न विज्ञ क्षेत्रबाट निर्वाचित हुन्छन । यस्तै साधारण र आजिवन सदस्यबाट चार जना सदस्य, एकजना अध्यक्ष र एक जना कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ ।
अध्यक्षको निर्वाचन हरेक तीन बर्षमा हुने गर्दछ । एक बर्ष चार जना सदस्यको पदावधी सकिदा सोही पदमा सदस्यको निर्वाचन गरिन्छ । यस्तै बिषय विज्ञहरुको चयन पनि हरेक तीन बर्षमा गरिन्छ । अध्यक्ष र कोषाध्यक्षको निर्वाचन पनि तीन बर्षको अन्तरालमा गरिन्छ । यसरी हरेक बर्ष सदस्यहरु आउने जाने चलिरहन्छ । साधारण सभाको उद्घाटन गर्दैै संविधान सभा सदस्य अनिता देवकोटाले नेपालमा परिवार स्वास्थ्यको क्षेत्रमा परिवार नियोजनले गरेको जस्तो सेवा अरुले नगरेको बताउनुभयो । उहाँले नेपालमा रहेका २८ वटा शाखा मध्य ८ वटा शाखा खारेज भइसकेको बताउँदै आफै स्रोत परिचालन गर्न सक्ने भएकाले दाङ शाखा नेपालका हाल रहेका २० वटा शाखा मध्य दोेस्रो स्थानमा रहेको पनि बताउनुभयो ।
उहाँले समुदायको आवश्यकता अनुसार काम गर्ने हो भने मात्रै कुनै पनि संस्थाको सान्दर्भिकता जोगिने बताउनुभयो । उहाँले अव स्थानीय तहसंग सहकार्य गरेर जाने हो सेवाको दायरा अझ फराकिलो हुन सक्ने औल्याउनुभयो । नेपालमा मातृ तथा बालमृत्युदर कम गर्नमा परिवार नियोजन संस्थाको महत्वपूर्ण भूमिका रहेको उहाँले स्मरण गर्नुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाल परिवार नियोजन संघकी पूर्व केन्द्रिय उपाध्यक्ष निर्मला रेग्मी, परिवार नियोजन संघ दाङका पूर्व अध्यक्ष गणेशराज श्रेष्ठ, आजिवन सदस्य श्रीमन न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाट, घोराही स्वास्थ्य शाखाका प्रमुख राधा पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शाखा प्रवन्धक बसन्त खनालले परिवार नियोजन संघले गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विगतको तुलनामा केन्द्र र दाताबाट आउने सहयोग रकम कम हुँदै गएको, आफै स्रोतको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । यस्तै कोषाध्यक्षको प्रतिवेदन माया पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन बालिका लम्सालले र स्वागत रेणु श्रेष्ठले गर्नुभएको थियो ।
उक्त अवसरमा शाखा अध्यक्ष भरत राज देवकोटाले लामो समयदेखि कर्मचारीको रुपमा स्वास्थ्यको फाँटमा कार्यरत आशा शर्मा, कर्मचारी बुद्धिप्रकास चौधरी र स्वयमसेवक गोविन्द रेग्मीलाई सम्मान गर्नुभएको थियो ।
spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार