spot_img
spot_img

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको  बैठक

प्रतिष्ठानमा चारसय बेडको अस्पताल बन्ने

दाङ, असार । कुनै समय बैठक नै नबसेर मनोमानी रुपमा काम गरेको आरोप लाग्ने गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समयमा भने नियमित रुपमा प्रतिष्ठान सभाको बैठक गर्न थालेको छ । हरेक छ महिनामा बस्नुपर्ने बैठक करिव अढाइ बर्ष पछि छ महिना अघि बसेको थियो । सो बैठक बसेको छ महिना पछि अर्थात आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छैठौं बैठक बस्यो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपती प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्रतिष्ठान सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाको बजेट पारित गर्नुका साथै अन्य महत्वपूर्ण निर्णयहरु रहेको छ । प्रधानमन्त्री एवं कुलपति ओलीको अध्यक्षतामा भएको बैठकले चार सय बेडको अस्पताल निर्माण गर्ने निर्णय समेत गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार श्याम लम्सालले जानकारी दिनुभयो ।

लम्सालका अनुसार, सभाले शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको छ । बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्राबधानहरुमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्तिका हिसावले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक बर्षको प्रारम्भ हुनु अघि नै बजेटका बारेमा छलफल गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ सुरुवात गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको थियो । ‘भर्खरै मात्रै स्थापना भएको संस्था भएकाले भौतिक संरचना निर्माणको काम भर्खरै अघि बढ्न थालेको छ । विश्वमा यस्ता स्वास्थ्य संस्थाले भौतिक संरचना पहिले नै तयार गरिसकेका छन् । तर हामीले प्रारम्भ गरेका कारणले गर्दा भौतिक संरचना बनाउने निर्णय गरिरहेका छौं, मलाई विश्वास छ, प्रतिष्ठानले सहि तरिकाले आफूलाई अघि बढाउँदै सेवा विस्तार गर्नेछ ।’

प्रधानमन्त्रीले सरकारले निरोगी नेपाल बनाउने बारेमा योजना बनाएको बताउँदै डाक्टर उत्पादन गर्ने, नर्श उत्पादन गर्ने र भौतिक संरचना र विभिन्न उपकरणको व्यवस्था गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले रोग लाग्ने क्रमलाई नै रोक्नुपर्ने भन्दै विरामीको संख्या कम गराउनका लागि नै योजना बनाउनुपर्ने बताउनुभयो । सरकारले स्वास्थ्यमा उल्लेख्य सुधारको काम गर्न चाहिरहेको भन्दै निरोगी नेपाल बनाउने र आरोग्यतामा ध्यान दिने सरकारको योजना रहेको उहाँले बताउनुभयो । उहाँले उपचारको काम मात्रै भन्दा पनि विभिन्न स्थानमा शिविर चलाउने र डाक्टरहरुले विरामी नहुने उपायका बारेमा बताउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम नागरिकलाई भन्दा डाक्टरलाई कसरी निरोगी हुने भन्ने बारेमा थाहा हुन्छ, यसकारणले आहार विहार र आरामलाई व्यवस्थित, सन्तुलित बनाउने र शारिरीक स्वास्थ्यलाई कसरी व्यवस्थितगर्ने भन्ने बारेमा जानकारी दिन आवश्यक छ ।’

आफूले जानेका कुरालाई जनताका बीचमा लैजाने कुरालाई डाक्टरहरुले सामाजिक दायित्वका रुपमा लिनुपर्ने उहाँको भनाई थियो । अस्पतालले पनि सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने भन्दै उपचार भन्दा बाहेकका कुरामा पनि सचेतना जगाउन सकिने धारणा उहाँको थियो । औषधीको प्रयोग कम गर्नका लागि याजना बनाउनुपर्ने सुझाव उहाँको थियो ।
शरिरलाई चलायमान गराउन जरुरी रहेको भन्दै नचल्ने अंग फ्रिज हुने भएकाले शरिरका सवै अंगलार्ई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले उपचारका साथै योगलाई पनि अघि बढाउनुपर्ने बताउनुभयो । योगले अनुशासन बनाउने भन्दै योगलाई अघि बढाउन आवश्यक रहेको धारणा उहाँको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निश्चित भुगोलका लागि मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा पनि सेवा प्रदान गर्न सक्ने प्रधानमन्त्रीको धारणा थियो । दाङ क्षेत्रमा स्थापना भएको प्रतिष्ठानले उपचार र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा उद्गम थलोका रुपमा नेपाल रहेको भन्दै पुराना कतिपय विषयहरुलाई समेत लिएर अघि बढ्न आवश्यक रहेको धारणा उहाँको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र सेवाको दायरालाई बढाउनुपर्ने धारणा उहाँको थियो । उहाँले सरकार र प्रतिष्ठान, समुदाय र प्रतिष्ठान मिलेर काम गर्नुपर्ने धारणा उहाँको थियो । सवैको योगदानबाट प्रतिष्ठानलाई मजवुत बनाउनुपर्ने उहाँको सुझाव थियो ।

प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराउनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार