राप्ती पोष्ट
घोराही, चैत । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि पाँच दिने ह्विलचियर मर्मत तथा शिविर मंगलबार शुरु भयो ।
अपांग संघकी अध्यक्ष रुपा वलीको अध्यक्षतामा भएको शिविरको उद्घाटन घोराही उपमहानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्ष भानसिं बुढाले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष बुढा मगरज्यूले अब उप्रान्त यस्ता कार्यक्रमहरू निरन्तर दिने भनाइ राख्नुभएको थियो। कार्यक्रम संघको कोषाध्यक्षले वडाका तर्फबाट अपांग संघलाई गर्ने सहयोग निरन्तर हुने बताउनुभयो ।
उहाँले सिप प्रदान गर्ने हो भने अपांगलाई आत्म निर्भर बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले घोराही उपहानगरपालिकाले अपांगता भएकाहरुलाई सहायक सामग्री वितरण गरिरहेको जानकारी दिंदै ह्विलचियर मर्मत शिविर उपयोगी हुने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल अपांग संघका केन्द्रीय उपाध्यक्ष शरद अधिकारीले काठमाडौंमा मात्रै सिमित रहेको तालिम जिल्लामा पनि आयोजना गर्नु सह्राहनिय रहेको बताउनुभयो । उहाँले नेपाल अपांग संघले दिंदै आएका तालिम उपलव्धिमुलकु भएको बताउनुभयो ।
तालिमका प्रशिक्षकमा दण्डबहादुर बुढाथोकी हुनुहुन्छ । उहाँ नेपाल अपांग संघको केन्द्रिय कार्यालयमा ह्विलचियर मर्मत कार्यमा संलग्न हुनुहुन्छ । कार्यक्रमको सञ्चालक संघका सचिब श्री भुमा चौधरीले गर्नुभएको थियो । तालिम तथा शिविर पाँच दिनसम्म चल्ने भएको छ । तालिम सहभागीहरू ११ जना रहनेछन् ।
यसैबीच जिल्लामा कसैको ह्विलचियर विग्रीएको र बनाउन नसकिरहेको भए शिविरमा ल्याउन पनि आग्रह गरिएको छ । नेपाल अपांग संघले संचालन गरेको शिविरमा विग्रिएका ह्विलचियर निःशुल्क रुपमा मर्मत गरिनेछ । संघका सह सचिव बसन्त भट्टले जानकारी दिनुभयो ।