राप्ती पोष्ट
दाङ, माघ । प्रेस चौतारी नेपालको २७ ओेैं स्थापना दिवसका अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।
चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशन, चौतारीका पूर्व केन्द्रिय सदस्य सुदर्शन रिजाल, पूर्व जिल्ला अध्यक्ष दुर्गालाल केसी, नेकपा एमाले प्रचार विभाग प्रमुख संगीत वस्याल, चौतारीका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्षहरू विमल योगी, लक्ष्मि पोख्रेलले रक्तदान गर्नुभएको थियो ।
यसैगरी चौतारीका निवर्तमान सचिव किरण गौतम, एमाले नेताहरू विष्णु कालाथोकी, हुम बहादुर विक हमाल, उमेश विक, लाले सुनार, कलश सहकारी घोराहीका व्यवस्थापक प्रकाश अधिकारी, रामप्रसाद सुवेदी, प्रेम कुमारी बुढामगर, निमेश चौधरीले रक्तदान गर्नुभएको थियो । यस्तै निकाश वली, सुजन विक, हुकुमा डिसी, समीप थापा मगर, प्रदिप पुन मगर, महेश रिजाल, निसा कुमारी चौधरी, अनुप आचार्य, प्रकाश पुन, रामहरी शर्मा र शालिकराम चौधरीले पनि रक्तदान गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोशाइटी, व्लड बैंक दाङसंगको समन्वयमा रक्तदान गरिएको थियो । सो अवसरमा रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेको थियो । चौतारीका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो । रक्तदान गर्ने सवैलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सोही क्रममा रक्त सञ्चार केन्द्रलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
यसैबीच प्रेस चौतारी दाङको पहिलो बैठक घोराहीमा बस्यो । चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा बसेको बैठकमा चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगित वस्याल लगायतले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।
बैठकले गत शनिबार सम्पन्न जिल्ला अधिबेशनमा सहभागी हुने सम्पूर्ण अतिथिहरु, सल्लाहकार लगायत सवै सदस्य र सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीका उपस्थितिमा हुने नेकपा एमालेको जनसभाको प्रचारप्रसार तिव्र पार्ने, संगठन मजवुत बनाउन संगठनका अग्रजहरूसंग छलफल गर्ने निर्णय समेत गरेको छ ।