spot_img
spot_img

‘यात्राको धुन’ घोराहीमा परिचर्चा

राप्ती पोष्ट

घोराही, माघ । साहित्यकार डा. गोपिन्द्र पौडेलले लेख्नुभएको यात्राको धुन नियात्रा संग्रहको बुधबार घोराहीमा परिचर्चा गरियो ।

राप्ती साहित्य परिषद दाङ शाखाको नियमित कार्यक्रम अन्तरगत नियात्रा संग्रहको परिचर्चा गरिएको थियो । परिषद दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पौडेलले केही बर्ष यता युरोप, अमेरिका र भारतका विभिन्न स्थानमा गरेको भ्रमणलाई लेख्नुभएको नियात्रा संग्रहको चर्चा गरिएको थियो ।

साहित्यकारहरु डा. गोविन्द आचार्य, डा. टिकाराम उदाशी र डा. हिमलाल पन्थीले पौडेलले लेख्नुभएको यात्राको धुनका विविध पक्षको चर्चा गर्नुभएको थियो । नेपालमा नियात्रा लेख्ने प्रचलन पुराना नभएको भन्दै यात्राको विवरणलाई निवन्धको शैलिमा उतार्ने विधा नै नियात्रा रहेको चर्चा बक्ताहरुले गर्नुभएको थियो ।

पौडेलले युरोपका विभिन्न देशमा भ्रमण गर्दाका अनुभूतिहरु राख्नुभएको छ । यस्तै अमेरिकाका विभिन्न प्रान्तमा जाँदा, त्यहाँ घुम्दाका अनुभवहरुलाई लिपिवद्ध गर्नुभएको छ । बक्ताहरुले यात्राको धुन संग्रह पठनिय रहेको चर्चा गरेका थिए ।
उक्त अवसरमा राप्ती साहित्य परिषदका निवर्तमान केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, साहित्यकार उत्तमकृष्ण मजगैया लगायतले बोल्नुभएको थियो । लेखक पौडेलले घुम्दा र लेख्दाका अनुभव राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सुशिला आचार्यले गनुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार