spot_img
spot_img

रगतको अभाव हटाउन लायन्स क्लव घोराही अम्विकेश्वरीमा सामूहिक रक्तदान

राप्ती पोष्ट

घोराही, पुस । दाङ जिल्लामा रगतकको अभाव बढीरहेको अवस्थामा लायन्स क्लव घोराही अम्विकेश्वरीले विहीबार सामूहिक रक्तदान आयोजना ग¥यो । घोराही १४ मा रहेको अम्बिकेश्वरी क्याम्पसमा आयोजना गरिएको रक्तदानमा ४५ जनाले रक्तदान गरेका थिए ।

लाइन्स क्लब अफ घोराही अम्बिकेश्वरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी घोराहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । लायन्स क्लव घोराही अम्विकेश्वरीका सचिव बसन्त रिजालले लायन्स क्लवले कलेजको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । रक्तदान कार्यक्रममा क्याम्पसका प्राध्यापक, लायन्स क्लव घोराही अम्विकेश्वरीका पदाधिकारी र क्याम्पसमा अध्ययनरत विद्यार्थीगरी ४५ जानाले रक्तदान गरेका थिए ।

लायन्स क्लव घोराही अम्विकेश्वरीका अध्यक्ष समेत रहनुभएका क्याम्पसका प्रिन्सिपल चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलिप न्यौपानेले दाङ जिल्लामा दशैं तिहारपछि रगतको अभाव हुँदै गएको बताउनुभयो । उहाँले मासिक रुपमा कम्तीमा पनि पाँच सय युनिट रगत आवश्यक पर्ने भएपनि रगतको अभाव भइरहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय घोराही, तुलसीपुर र लमहीमा रगतको अभाव भइरहेको बताउनुभयो ।

रक्तदानको महत्वका बारेमा जानकारी दिंदै उहााले मानिसको शरीरबाट स्वतः खेर जाने रगतलाई दान दियो भने कसैको जीवन बचाउ सकिने हुँदा रक्तदान कार्यमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले रक्तदान व्यक्ति व्यक्तिले भन्दा पनि सामूहिक रुपमा हुनुपर्ने बताउनुभयो । पछिल्लो समय रगतको अभाव हुँदै गएको तर सामूहिक रक्तदान कार्यक्रम हुने छोेडेको उहाँको भनाई थियो । सामूहिक रुपमा रक्तदान कार्यक्रम गर्दा रगतको अभाव पुरा गर्न सकिने न्यौपानेको भनाई थियो । उहाँले लायन्स क्लवहरुले रगत संकलनमा राम्रो योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव राप्ती इञ्जिनिरियरिङका निवर्तमान अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले रक्तदान लायन्स क्लबको प्रमुख कार्य भएको बताउनुभयो । उहाँले किशोर किशोरी १८ वर्ष पुगेसँगै रक्तदान गर्न सुरु गर्नुपर्ने र ६० वर्षमाथिका व्यक्ति रक्तदान गर्न नमिल्ने भन्दै एउटा स्वस्थ पुरुषले पत्येक तीन÷तीन महिनामा रक्तदान गर्न सक्ने बताउनुभयो । यस्तै रगतको आवश्यकता महिलालाई बढी पर्ने भएपनि रगत दिनेमा महिलाको संख्या कम भएकाले कलेजमा अध्ययनरत भाइवैनीहरुले यो कुरालाई गम्भिरताका साथ लिनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा रगत अभाव हुन नदिनका लागि विद्यालय, क्याम्पस तथा कलेजहरुमा रक्तदानका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

घोराही उपमहानगरपलिका–१४ का वडाध्यक्ष भानसिं बुढाथोकीले क्याम्पसले विगतदेखि नै समाजलाई सकारात्मक सन्देश दिने खालका कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँले मानिसको जीवन जोगाउनका लागि आयोजना गरिएको रक्तदान कार्यक्रमले कसैलेको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोहुँदा यस्ता सकारात्मक सन्देश आम नागरिकहरुमा समेत पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

क्लबका संस्थापाक अध्यक्ष लवसिंह अधिकारीले लायन्स क्लब नितान्त सामाजिक सेवा गर्ने संस्था भएको र यो संस्थाले अहिले विश्व दुई सय १० देशमा रहेर सामाजिक कार्य गर्दै आइरहेको बताउनुभयो । रक्तदान नै जीवन दान भएको हुँदा सबैजना रक्तदान कार्यक्रममा उत्साह ढंगले सहभागी भएर रक्तदान गर्नुपर्ने उहाँको जोड थियो ।

रक्तदानमा क्याम्पसका प्राध्यापक तथा इञ्जिनियर सनि खनाल र पवन अधिकारी, क्याम्पसका प्राध्यापक लायन नवराज बस्यालले पनि रक्तदान गर्नुभयो । यसैगरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु ओमप्रकाश डाँगी, मनिषा आचार्य, आरती राना मगर, आयाम डिसी, किरण पोख्रेल, अजय खड्का, हेमराज कालाथोकी, सौरव भट्ट, निवेष खनाल, भावना बिएम, रितेश निरौला, पूर्णिमा घर्तीमगर, प्रन्जल शर्मा, गौतम बोहरा, किरण पौडेल, निशान भट्ट, रोहित वलीले रक्तदान गर्नुभयो ।
यसैगरी प्रदीप पुनमगर, सन्दीप रेग्मी, नविन ज्ञवाली, अनुप कवँर, निविशा खनाल, जानकी जिएम, निश्चल रोकामगर, सन्जिता डाँगी, पुष्पा योगी, बिजेन्द्र कार्की, सौगात पुनमगर, गौरव भट्ट, ज्योति वली, शुभेच्छा चौधरी, बासना पोख्रेल, दिनिसा रेग्मी, सागर बेल्बासे, पृथ्वी कवंर, अभिषेक अधिकारी, मोहम्मद नासिर, सोहिल यादव, गेहेन्द्र बस्नेत लगायतले रक्तदान गर्नुभएको थियो ।

क्लबका तृतीय उपाध्यक्ष शिशिर सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन क्याम्पसका प्राध्यापक तथा क्लवका सचिव बसन्तप्रसाद रिजाले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार