spot_img
spot_img

एआईका बारेको राष्ट्रिय सम्मेलन सम्पन्न

मानिसको काम सहज बनाउन प्रविधि आवश्यक मुख्यमन्त्री महरा

राप्ती पोष्ट

घोराही, असार । पछिल्लो समय विकशित एआई प्रविधिका बारेको राष्ट्रिय सम्मेलन शनिबार घोराहीमा सम्पन्न भयो । एआईद्वारा संचालित सिप विकास र उदीयमान सञ्चार प्रविधि’ विषयक राष्ट्रिय सम्मेलनमा विभिन्न पाँचवटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने विभिन्न विषयका विज्ञहरु सम्मिलित प्यानल छलफल गरिएको थियो ।

घोराहीमा रहेको राप्ती ईञ्जिनियरिङ कलेज, सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौ र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गर्नुभएको थियो ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले आजको दुनियामा मानिसको कार्यलाई सहज बनाउनका लागि प्रविधिको सहि सदुपयोग गर्नुपर्ने बाउनुभयो । उहाँले मानवले आविश्कार गरेको प्रविधिले मानवलाई नै अफ्ठेरो पारिरहेको भन्दै पछिल्लो समयमा बढीरहेको आत्महत्याका घटना प्रविधिको दुरुपयोगको उपज हुन सक्ने बताउनुभयो ।

उहाँले पहिले सवैका लागि शिक्षा भनिएपनि अव गुणस्तरिय शिक्षा सवैका लागि भन्ने कार्यक्रम अनुसार अघि बढ्नुपर्ने भन्दै शिक्षालाई प्रविधिसंग जोड्न सकियो भने मात्रै गुणस्तरिय बन्न सक्ने बताउनुभयो । ज्ञानको प्रसार गर्नका लागि प्रविधिले मूमिका खेलेको भन्दै मुख्यमन्त्री महराले सरकारले प्रविधिलाई उच्च महत्व दिएको बताउनुभयो । उहाँले भोलीको दुनिया कसरी चलाउने भन्ने बारेमा आजै छलफल चलाउन जरुरी रहेको बताउनुभयो । आगामी दिनमा पनि यस्ता बहस छलफल चलाउँदै जानुपर्ने धारणा राख्नुभएका मुख्यमन्त्री महराले योजना राम्रो बनाएर सोही अनुसार कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो ।

उहाँले नेपाल प्रविधिका हिसावले पछि रहेको भन्दै अहिले विद्यार्थीहरु किन शिक्षाको खोजिका लागि बाहिर गइरहेका छन भन्ने बारेमा खोजि गरेर विद्यार्थीलाई नेपालमै रोक्ने योजना बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले समय गतिशिल भएर अघि बढ्ने भन्दै बस्तुले चेतनाको निर्माण गर्ने भएकाले अहिले बस्तु र आवश्यकताले चेतना निर्माण गर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा एआईको पछिल्लो विकास र नयाँ सम्भावना लगायतका विषयमा विषय विज्ञहरुबाट कार्यपत्रसहित छलफल गरिएको थियो । जसमा नेपाल टेलिभिजनका कार्यवाहक नायव महाप्रबन्धक ईन्जिनियर चिन्तामणि बरालले बढ्दो एआईको प्रयोग, शिक्षा र प्रविधिको प्रयोग गरेर गुणस्तरिय शिक्षा प्रयोग गर्ने बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रविधि जवरजस्त रुपमा भित्रिएको बताउनुभयो । अव प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

यसैगरी लुम्विनी प्राविधिक विश्व विद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले एआईको प्रयोग र संचारमा यसले पारेको प्रभावका बारेमा धारणा राख्नुभएको थियो । उहाँले सूचना संचार र पर्यटनलाई महत्व दिन सक्ने हो भने नेपालले विकासमा फड्को मार्ने बताउनुभयो । पहिले र अहिलेको प्राथमिकता फरक रहेको भन्दै अव कम्प्युटर, इन्टरनेट, मोवाईल जस्ता बस्तु तथा सेवा आवश्यकताको प्राथमिकतामा पर्ने गरेको बताउनुभयो ।

राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा. शैलेन्द्र गिरीले सिकाईको थलो एआई बनिरहेको सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी पोष्टडक्टरल रिसर्च एशोसियट नर्थन गल्फ इन्टिच्युट मिसिसिप्पी स्टेट युनिभर्सिटी अफ अमेरिकाका डा. चिरञ्जीवी शाह, नेपाल टेलिकमका ईन्जिनियर कविराज यादव, विद्यार्थी हेमन्त बस्नेत लगायत विषय विज्ञहरुले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्राविधिक शिक्षालय लुम्विनी प्रदेशका प्रमुख यादव सुवेदी, क्यान दाङका पूर्व अध्यक्ष कर्णबहादुर पुन र दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठसंग प्यालन छलफल गरिएको थियो । छलफलको सहजिकरण राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा. शैलेन्द्र गिरीले गर्नुभएको थियो । जसमा टेलिकमको क्षेत्रमा प्रविधिको प्रयोग कसरी भइरहेको छ ? र शिक्षाको क्षेत्रमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । यसैगरी प्राविधिक शिक्षामा प्रविधिको प्रयोग कसरी भइरहेको छ, सुचना प्रविधिको क्षेत्रमा के कस्ता कामहरु भइरहेका छन् र व्यवसायको क्षेत्रमा प्रविधिको प्रयोगले पारेको प्रभावका बारेमा छलफल गरिएको थियो । यस्तै पत्रकारितामा एआईको प्रभाव र आवश्यकता लगायतका विषयमा छलफल गरिएको थियो ।

विभिन्न कलेजका विद्यार्थीहरु, सुचना अधिकारीहरु, सुरक्षा निकाय, संचारकर्मी लगायतको सहभागिता रहेको सम्मेलनमा बोल्नेहरुले सञ्चारको क्षेत्रमा भएको क्रान्ति र कृत्रिम वौद्धिकताको शक्तिलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा प्रगति गर्न सक्ने सम्भावना रहेको बताएका थिए । एआईलाई कसरी रणनीतिक रुपमा प्रयोग गर्ने र यसको विकास र विस्तारमा राज्यलाई थप जिम्मेवार बनाउँदै लैजाने सवालमा सम्मेलनमा बोल्नेहरुले सुझाव दिएका थिए ।

राप्ती इन्जिनियरिङ कलेजका इञ्जिनियर विश्ववन्धु थापाले संचालन गर्नुभएको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीले स्वागत र विषय बस्तुको समीक्षा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले प्रस्तुत गर्नुभएको थियो । धन्यवाद कलेजका निर्देशक मधुसुदन वैद्यले दिनुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार