spot_img
spot_img

सर्वोदय पुस्तकालयको अध्यक्षमा पुनः गौतम

राप्ती पोष्ट

घोराही, २९ बैशाख । सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङको अध्यक्षमा पुनः सुशील गौतम चयन हुनुभएको छ । सर्बोदय पुस्तकालय तथा वाचनालयको शनिबार सम्पन्न पाचौं अधिवेशनले गौतमको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा चन्द्रराज पन्त, सचिवमा सुशिला आचार्य, सहसचिवमा हरि पौडेल, कोषाध्यक्षमा नुमानन्द आचार्य चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा पद्मप्रसाद शर्मा, हरिप्रसाद पाण्डेय, शारदा शर्मा, दधिराम खनाल, लक्ष्मी आचार्य, तुलसीराम राना चयन हुनुभएको छ ।

सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन वरिष्ठ साहित्यकार तथा संस्थापक नारायणप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा पुस्तकालयको मुखपत्र सर्वोदय वर्ष ३ अंक ३ को विमोचन गरिएको थियो । कार्यक्रममा बोल्दै शर्माले पुस्तकालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै अबको पुस्तालाई पठन संस्कृतिमा जोड्न आग्रह गर्नुभयो ।

सर्वोदय पुस्तकालयका पूर्व अध्यक्ष पुरुषोत्तम खनालले विभिन्न उतारचढावबाट पुस्तकालय अहिले राम्रो अबस्थामा आएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सर्वोदय बाल क्लबका सल्लाहकार नवीन श्रेष्ठ, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्य, राप्ती साहित्य परिषदका अध्यक्ष यम रेग्मी, प्रलेसका कोषाध्यक्ष चन्द्रबहादुर थापा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी लगायतले सर्वोदयले प्रकाशित गरेको मुख पत्रलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पुस्तकालयका सचीव डा. सुदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा सचिवको प्रतिबेदन गौतमले र कोषाध्यक्षको प्रतिवेदन नुमानन्द आचार्यले प्रस्तुत गर्नुभएको थियोे । पुस्तकालयले सो अवसरमा उत्कृष्ट पाठक तीन जनालाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा विकास लम्साल, मन्जु पुन र हरिप्रसाद बिक रहनुभएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img