spot_img
spot_img

राप्ती साहित्य परिषद दाङको अध्यक्षमा रेग्मी

राप्ती पोष्ट

घोराही, चैत । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको श्रष्टा सम्मान तथा काव्य उत्सव अन्तरगत साहित्यपुञ्ज लोकार्पण, सम्मान एवम् पुरस्कार समर्पणका साथै १६ औँ वार्षिक साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

परिषदको जिल्ला शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछाने, परिषद केन्द्रका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले बोल्नुभएको थियो ।

सो अवसरमा राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष गजलकार, समालोचक डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद केन्द्रका वरिष्ट उपाध्यक्ष, दाङ शाखाका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार तथा साहित्यकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका केन्द्रीय सदस्य एवम् विश्वकीर्तिमानि सङ्गीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ ।

साहित्य मार्फत योगदान दिएको भन्दै यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार–२०८० बाट साहित्यकार तथा समालोचक नारायण नेपाल, कृष्ण गायत्री प्रज्ञा पुरस्कार २०८० बाट साहित्यकार तथा समीक्षक यज्ञबहादुर डाँगी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार २०८० बाट साहित्यकार तथा थारु भाषा साहित्य तथा सांस्कृती मन्च दाङका अध्यक्ष छविलाल कोपिलालाई पुरस्कृत गरिएको थियो । यस्तै पत्रकार गोविन्द खड्का र साहित्यकार खेमराज गाउँलेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कवि तथा सर्जकहरु श्रवण नेपाली, विक्रम वली नेपाली बाबु, संगीत मगर, दीलकुमारी बुढामगर, डा. कृष्णराज डी.सी., हरी पोखेल, छविलाल कोपिला, यज्ञबहादुर डाँगी, नारायण नेपाल, सन्तोष श्रेष्ठ, कमलमणि देवकोटा, टीकाराम उदासी, उत्तमकृष्ण मजगैयाँलगायतले सिर्जना सुनाउनुभएको थियो । कोषाध्यक्ष यम रेग्मीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

यसैबीच, राप्ती साहित्य परिषद दाङ शाखाको आगामी कार्यकालका लागि दुई सदस्य पछि मनोनित गर्ने गरी यम रेग्मीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्ष सुरेशकुमार पाण्डे, सचिवमा घनश्याम केसी, सहसचिवमा वीणा रोका, कोषाध्यक्षमा सुशीला आचार्य सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा अर्जुनकुमार पौडेल (अर्जुन सर), कपिलमणि लामिछाने, गुरुप्रसाद कुमाल बुलबुल, नारदमणि भण्डारी चयन हुनुभएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img