spot_img
spot_img

सहिद नेत्रलाल अभागी अव हुलाक टिकटमा

राप्ती पोष्ट

काठमाडौं, फागुन । प्रगतिवादी साहित्यकार सहिद नेत्रलाल पौडेल अभागीको नामको हुलाक टिकट प्रकाशन गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अभागी लगायत सहिदहरु कामी बुढा, रामवृक्ष यादव र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकटमा टाँचा लगाुनभएको हो ।

हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक व्यक्तिहरुको योगदानकै कारण आजको राजनीतिक परिवर्तन संभव भएकाले उनीहरुको सम्मान आवश्यक रहेको बताउनुभयो । राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको पनि उहाँले बताउनुभयो ।

प्रकाशनमा ल्याएको हुलाक टिकटमा मुखाकृत ऐतिहासिक व्यक्तित्वहरुको योगानको चर्चा गर्दै मन्त्री शर्माले आजको पुस्तालाई अग्रजहरुले गरेको त्याग बलिदान र वीरताका गाथा अनुभूत गराउनुपर्ने बताउनुभयो । मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोल्नुभएको थियो ।

६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु

यसैबीच सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो । विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि भने विभिन्न देशमा छाप्ने गरिएको थियो । यो वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको छ । यसबाट सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको वचत हुन जाने सरकारको विश्वास छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img