spot_img
spot_img

पर्यटकिय स्थलको प्रचारका लागि साइकिल यात्रा

राप्ती पोष्ट

दाङ, असोज । सल्यानका एक जना युवाले जिल्लाका पर्यटकीय स्थलको प्रचार प्रसारका लागि काठमाडौंबाट साइकिल यात्रा गर्नुभएको छ । विजयादशमीको अवसरमा सल्यान पुग्नका लागि उहाँले काठमाडौंबाट साइकिल यात्रा थाल्नुभएको हो ।

गएको असोज २५ गते काठमाडौंको पशुपतीमा पुजा आजा गरेर यात्रा थाल्नुभएका निषेध दहाल सोमबार घोराही आइपुग्नुभएको थियो । २५ गते विहान काठमाडौंबाट हिड्नुभएका दहाल सोही दिन साँझ मुग्लीङ आइपुग्नुभएको थियो । ‘एक सय १३ किलोमिटरको यात्रा गरेर साँझ मुग्लिङ आइपुगेको थिए ।’ उहाँले भन्नुभयो ।

२६ गते विहान मुग्लिङबाट पुनः यात्रा गर्नुभएका दहालले एक सय १२ किलोमिटर यात्रा तय गरेर साँझ दाउन्ने आइपुग्नुभएको थियो । दाउन्नेबाट बुटवल आउने सडकका कारणले गर्दा २७ गते विहानै यात्रा गरेपछि बेलुका बुटवलसम्म मात्र आउन सकेको उहाँले बताउनुभयो । दाउन्नेबाट ४९ किलोमिटर यात्रा गरेर साँझ बुटवल बस्नुभएका दहाल २८ गते साँझ लमही आइपुग्नुभएको थियो । एक सय २५ किलोमिटर यात्रा गरेर लमही आइपुगेको उहाँले बताउनुभयो ।

लमहीबाट हिड्नुका दहाल विहान घोराही आइपुग्नुभएको थियो । घोराहीबाट तुलसीपुर बास बस्ने र मंगलवार विहान सल्यानका लागि हिड्ने उहाँले बताउनुभयो । तुलसीपुरमा पुगेर केही भेटघाट गरेर सल्यान पुग्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

सल्यानको क्षत्रेश्वरी गाउँपालिका निवासी दहाल पढाइको सिलसिलामा काठमाडौं पुग्नुभएको थियो । काठमाडौंमा प्राविधिक क्षेत्रमा काममा लाग्नुभएको छ । यद्दपी उहाँलाई आफ्नो जिल्लाका पर्यटकिय स्थलको प्रचारका लागि केही गर्नुपर्छ भन्ने लागेपछि साइकिल यात्रा थाल्नुभएको हो । सल्यान पुगेपछि खैरावाङ पुग्ने पहिलो योजना छ । खैरावाङ सल्यानको चर्चित धार्मिक तथा पर्यटकिय स्थलका रुपमा रहेको छ । यसपछि छाँयाक्षेत्र, खड्गदेवी हुँदै घरजाने योजना रहेको दहालले बताउनुभयो ।

सल्यानका पर्यटकिय स्थलका बारेमा जानकारी दिनका लागि दशैं पछि सुर्खेत हुँदै बाँके योजना रहेको उहाँले सुनाउनुभयो । नेपाल पर्यटकिय सम्पदाका हिसावले धनी रहेको भन्दै पहिलो चरणमा सल्यान जिल्लाका पर्यटकिय स्थलको प्रचार गर्न चाहेको भएपछि दशैं पछिको यात्रामा नेपालका सवै जिल्ला घुम्ने र त्यहीका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने योजना बनाएको दाहालले बताउनुभयो । नेपालमा रहेका पर्यटकिय स्थलको प्रचार प्रसार हुने हो भने विश्वका पर्यटकहरु यहाँ आउने भन्दै विश्वका पर्यटकहरुका लागि आकर्षणको स्थल नेपाललाई बनाउन सकिने उहाँले बताउनुभयो ।

यतिवेला युवाहरुमा विदेश जाने मोह बढीरहेको समयमा दहाल भने देशमै बसेर केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित हुनुभएको छ । एक लाख २० हजार रुपैयाको गेर वाला साइकिलबाट उहाँले यात्रा गरिरहनुभएको छ । काठमाडौबाट दाङसम्म आइपुग्दा बाटोमा विभिन्न व्यक्ति एवं संस्थाले स्वागत गरेको, खानपिनको व्यवस्था गरेको, बुटवलमा टे«क्स बाइकले साइकिल बनाउन सहयोग गरेको उहाँले बताउनुभयो । काठमाडौंबाट दाङ आउँदा करिव चार सय ५० किलोमिटरको यात्रा गर्नुभएका दहाल सल्यान पुग्दासम्म पाँच सय ५० किलोमिटर भन्दा बढीको यात्रा साइकिलबाट गर्ने योजनामा रहेको बताउनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img