spot_img
spot_img

यामाहाको नेपाल फिटिङ बाईक सार्वजनिक

राप्ती पोष्ट

 

घोराही, ९ असोज । विश्वप्रशिद्ध कम्पनी यामाहाले नेपालमै फिटिङ गरेको मोटरसाइकिल दाङको बजारमा सार्वजनिक गरेको छ । चाडवाड लक्षित गरेर एक सय ५० सिसीको उक्त बाईक सोमबार सार्वजनिक गरिएको हो ।

श्रेष्ठ अटोमोवाइल्सका प्रोपाइटर राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एफ जेड–एस को नयाँ डिलक्स सार्वजनिक गरिएको थियो । जिल्ला ट्राफिक प्रमुख किरणप्रकाश मल्ल, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे लगायतले मोटरसाइकिल सार्वजनिक गर्नुभएको थियो । विगतमा भारतबाट निर्माण भएर आउने गरेकोमा पहिलो पटक नेपालमै फिटिङ भएर नेपाली बजारमा आएको एम ए डव्लुका एरिया सेल्स मेनेजर दिनेश केसीले मोटरसाइकिलको विशेषताका बारेमा बताउनुभएको थियो । नेपालमा फिटिङ भएको भएपनि अत्यन्त राम्रो रहेको जानकारी दिंदै युवाहरुका बीचमा निकै लोकपृय रहेको एफ जेड सिरिजका मोटरसाइकिलहरु मध्य नयाँ डिलक्स संस्करण आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक किरण प्रकाश मल्लले यामाहाका मोटरसाइकिलहरु अन्य कम्पनीको तुलनामा बढी भार तान्न सक्ने र बलियो रहेको बताउनुभयो । विगतमा आफूले यामाहाका मोटरसाइकिलबाट लामो दुरीको यात्रा गरेको स्मरण पनि उहाँले गर्नुभयो । उहाँले मोटरसाइकिलमा ठूलो हर्न हाल्ने, साइलेन्सर ठूलो बनाउनेहरुलाई कारवाही गर्ने भन्दै यामाहा चढ्नेहरुलाई यस्तो नगर्न कम्पनी र विक्रेताका तर्फबाट सचेत गराउने आग्रह गर्नुभयो ।

एफ जेड सार्वजनिक कार्यक्रममा घोराही, १५ का वडाध्यक्ष रमेश पाण्डे र नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियासनले आफूहरुले यामाहा नै चढ्ने गरेको भन्दै अन्य मोटरसाइकिल भन्दा यो राम्रो रहेको बताउनुभयो । यामाहाका प्रोपाइटर राजेन्द्र श्रेष्ठले नयाँ मोटरसाइकिल सुरक्षित रहेको दावी गर्नुभयो । उहाँले अन्य ब्राण्डको मोटरसाइकिल भन्दा यामाहाको एफ जेड एस बढी सुरक्षित रहेको बताउनुभयो । कार्यक्रमको संचालन सेल्स मेनेजर लक्की सल्मानीले गर्नुभएको थियो । यो मोटरसाइकिलको मूल्य चार लाख चार हजार नौ सय रुपैया रहेको छ । चाडवाड लक्षित गरेर आठ हजार देखि एक लाख सम्म छुट अफर राखिएको पनि सल्मानीले जानकारी दिनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img