spot_img
spot_img

लायन्स राप्ती इञ्जिनियरिङमा पदस्थापना

राप्ती पोष्ट

दाङ, साउन । दाङ जिल्लामा रहेका विभिन्न लायन्स क्लवहरुमा पदस्थापना गरिएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ एन का डिष्ट्रिक गभर्नर मुकुट ढकालले दाङ जिल्लामा रहेका विभिन्न क्लवहरुमा पदस्थापना गराउनुभएको हो ।
सोही क्रममा आइतबार राप्ती इञ्जिनियिरङ कलेजमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ, लायन्स क्लव गुरुकुल र लायन्स क्लव राप्ती अम्विेश्वरीका पदाधिकारीलाई पदस्थापना गरिएको थियो । लायन्स क्लव राप्ती इञ्जिनियरिङका लागि बर्ष सन् २०२२÷२०२३ का अध्यक्ष मधुसूदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन डिष्ट्रिक गभर्नर ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गभर्नर ढकालले जेष्ठ नागरिक, बालवालिकालाई हुने क्यान्सर, भोक विरुद्धको अभियान, रक्तदान र बातावरण जोगाउने अभियानमा लायन्सकर्मीहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले यस बर्ष जनप्रनिधिहरुसंग सहकार्य गरेर काम गर्नका लागि योजना बनाएको जानकारी दिंदै डिष्ट्रिक ३२५ एन अन्तरगत रहेका सवै क्लवले कम्तिमा एउटा वडालाई कार्यक्षेत्र बनाएर काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रथम भाइस गभर्नर विनोद कुमार श्रेष्ठ, द्वितिय भाइस गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, डिष्ट्रिक ३२५ एनकी सचिव उमा थापा मगर, एक्जुकेटिभ चिफ लव अधिकारीले बोल्नुभएको थियो । यसैगरी लायन्स क्लव राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीलाई बर्ष २०२२÷२०२३ का अध्यक्ष मधुसूदन बैद्यले पद हस्तान्तरण गर्नुभएको थियो भने अधिकारीले यस बर्ष तोकिएका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा लायन्स गुरुकुलका अध्यक्ष आशा चौधरीले आफ्नो कार्यकालमा गर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

बरिष्ठ लायनकर्मी प्रतापकुमार शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन धनेश्वर चौधरी र शर्मिला चौधरीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन एरिया नं. २ का चिफ डा. भिमसेन गिरीले गर्नुभएको थियो ।

यसैगरी विहान आयोजित कार्यक्रममा लायन्स क्लव घोराही सिटी, लायन्स क्लव राजविद्या, लायन्स क्लव घोराही सिटीको संयुक्त पदस्थापना कार्यक्रम गरिएको थियो । डिष्ट्रिक गर्भनर लायन मुकुट ढकाल को उपस्थितिमा कार्यक्रम भएको थियो ।
लायन्स क्लव इन्टरनेशन डिष्ट्रिक ३२५ एनको बार्षिक कार्यतालिका अनुसार एरिया नं. २ अन्गरतका क्लवहरुमा पदस्थापना गरिएको गर्भनर ढकालले बताउनुभयो । डिष्ट्रिक ३२५ एन अन्तरगत रहेका पाँचवटा एरिया मध्य बाँकी चारवटा एरियामा पनि कार्यक्रम आयोजना गरेर पदस्थापन गर्ने तयारी गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img