spot_img
spot_img

जनवादी कलाकारहरु दाङ आउँदै

राप्ती पोष्ट

दाङ, ७ चैत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अन्तर्गत घोराहीमा जनवादी कलाकारहरुले प्रस्तुति दिने भएका छन् । यहि चैतको १० गतेका दिन घोराहीमा रहेको सभागृहमा कार्यक्रम आयोजना गरिनेछ । दिउँसो २ बजेदेखि कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा क्रान्ति, परिवर्तन र एकताका गीतहरु एकसाथ सुन्न पाइनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा करीव डेढ दर्जन जनवादी कलाकारहरुले आफ्नो प्रस्तुति राख्नेछन ।

कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहनुभएको छ ।

यो अभियान पश्चिम नेपालका विभिन्न जिल्लामा भइसकेको छ । यसअघि धनगढीमा कार्यक्रम सम्पन्न गरेको टोलीले मंगलबार सुर्खेतमा कार्यक्रम गरेको थियो । क्रमशः सबै प्रदेशमा कार्यक्रम गर्ने देशमा एकताको सन्देश छर्ने उद्देश्य राखेको बताइएको छ । अहिले सरकार पटक–पटक परिवर्तन भइरहने तर जनताको अवस्थामा परिवर्तन आएको छैन, यसमा जनवादी कलाकारहरु खुसी छैनन् । यहि सन्देश दिंदै कलाकारको टोलीले ‘देशमा एकता’को आवश्यकतालाई जोड दिनेछन् । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएकाले सहभागिताका लागि आग्रह गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img