spot_img
spot_img

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण

राप्ती पोष्ट

काठमाडौं, फागुन नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण लिएसँगै पदभार ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धार ७१ बमोजिम पौडेलले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । त्यसलगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पौडेलले पदभारअघि लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । आजै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ गरिएको थियो ।

बधाई ज्ञापन

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएकी छन् । उनले एक बधाई नोटिस जारी गर्दै पौडेललाई नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएकोमा आफ्नो र भारतको जनताको तर्फबाट बधाई ज्ञापन गरेकी हुन् । उनले सूचनामा नेपाल र भारत घनिष्ठ मित्रराष्ट्रका रुपमा द्विपक्षीय मैत्रीपूर्ण, बहुआयामिक, गहिरो सभ्यता, सांस्कृतिक तथा जनता–जनताबीचको प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै पछिल्ला दशकहरुमा दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक सम्बन्ध कायम भएको जनाएकी छन् ।
राष्ट्रपति मुर्मुले आगामी दिनमा नयाँ राष्ट्रपतिको रुपमा पौडेलको नेतृत्व, सल्लाह सुझावका आधारमा द्विपक्षीय सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरेकी छन् । उनले पौडेललाई बधाई दिँदै नेपाल र नेपाली जनताको उन्नति प्रगति र समृद्धिको कामना पनि गरेकी छन् ।

मोरोक्कोका लागि राजदूत नियुक्त

यसबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको शपथ लिएलगत्तै पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका राजदूतमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’ शपथपछि पौडेलले गरेको यो पहिलो नियुक्ति हो । फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित पौडेलले आजैमात्र पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img