spot_img
spot_img

स्वर्गीय लिलादेवी पौडेलको स्मृतिग्रन्थ विमोचन

राप्ती पोष्ट

घोराही, फागुन । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले स्वर्गीय लिलादेवी पौडेलको स्मृतिग्रन्थ विमोचन गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ जजरागाउँ निवासी पौडेल निवासमा सोमबार आयोजित वार्षिक पुन्यतिथीको अवसरमा लिलादेवीको सम्झनामा लिखित पुस्तकको विमोचन गर्नुभएको हो ।

पुस्तक विमोचन गर्दै प्रमुख अतिथी मन्त्री शर्माले नेपाली समाजमा महिलाले भोग्नु परेको समस्या कृतिमा समावेश गरि समाजको अवस्थाका बारेमा उजागर गर्नुभएकोमा पौडेल परिवारलाई आभार प्रकट गर्नुभयो ।

समाज बदल्न महिलाले जस्तो सुकै भुमिका खेलेपनि महिला सँधै धरातलमै रहनुपर्ने अवस्थालाई बदल्न अब सबैले समाज रुपान्तरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो । यस्तै मन्त्री शर्माले आमाको स्मृतीमा सन्ततीले ग्रन्थ लेख्नु प्रशंसनीय काम भएको बताउँदै यस प्रकारका कृृतिले इतिहासलाई वर्तमानसँग जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले आफ्नै स्वर्गीय आमाका कयौं भोगाई पुस्तकमा समेटिएको बताउँदै स्मृति ग्रन्थ पठनीय सामग्री बनेको बताउनुभयो ।

ग्रन्थको संरक्षक ऋषिराज जंगलीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी नारायणप्रसाद शर्माले स्वर्गीय लिलादेवी पौडेलले समाज सेवा र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भुमिका खेलेको बताउँदै उहाँका सन्ततीहरुलाई आमाले देखाएको बाटोमा हिड्न आग्रह गर्नुभयो ।

विमोचन कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी मसाल, रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसुदन वैद्य, साहित्यकार एवम् लेखक रमेश अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हेमन्त पौडेल र शिवराज पौडेलद्वारा प्रकाशन गरिएको ग्रन्थ १ सय ६२ पृष्ठ रहेको छ । स्मृतिग्रन्थको समिक्षा पत्रकार रन्जिता शर्मा र साहित्यकार चन्द्रबहादुर थापाले गर्नुभएको हो । बुवाको सम्झानामा ग्रन्थ निकालिने गरिए पनि आमाको नाममा निकालिएको यो पहिलो ग्रन्थको रुपमा रहेको समिक्षक शर्माले बताउनुभयो । तत्कालीन समयमा समाज रुपान्तरणका लागि लिलादेवीले खेल्नु भएको कुरालाई रचनात्मक भुमिकाका माध्यमबाट ग्रन्थमा समावेश गरिएको उहाँले टिप्पणी गर्नुभयो ।

लिलादेवी स्मृतिग्रन्थ प्रकाशन समिति सल्लाहकार भेषराज शर्मा खनालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा कृतीका प्रधान सम्पादक पद्म प्रसाद शर्माले स्मारिका तयार गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सहजीकरण ध्रुव अधिकारीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img