spot_img
spot_img

प्रलेसद्वारा बहिङ्गाको १६ औं अंक विमोचन

राप्ती पोष्ट

घोराही, माघ ।
साहित्यकारहरुले राजनीति लगायत अन्य क्षेत्रमा देखिने विकृति विसंगतीका विरुद्धमा खवरदारी जारी राख्नुपर्ने धारणा सोमबार यहाँ आयोजित एक कार्यक्रमका बक्ताहरुले राखेका छन् । विश्वभर नै लेखक साहित्यकारहरुले खराव विरुद्ध खवरदारी गरिरहेको भन्दै लेखक साहित्यकारहरुले खवरदारी नगर्ने हो भने अहिलेको अवस्था भन्दा पनि अझ विकराल अवस्था आउने धारणा पनि बक्ताहरुको थियो ।

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले सहिद दिवसका अवसरमा आयोजना गरेको बहिङ्गा विमोचन र साहित्यिक समारोहमा बोल्नेहरुले यस्तो धारणा राखेका हुन । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा शरदको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले साहित्यकारले खवरदारी जारी राख्नुपर्ने बताउनुभयो ।
नेपालको राजनीतिमा अनेकन खरावी पक्ष देखिएको भन्दै यस्ता खरावीको विरुद्धमा खवरदारी गर्ने जिम्मेवारी लेखक साहित्यकारको भएको भन्दै शर्माले नेपालका साहित्यकारहरुले त्यो भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले २००७ सालको परिवर्तन भन्दा पहिले देखि नै साहित्यकारले खवरदारी गरिरहेको भन्दै यस्तो खवरदारीकै कारणले गर्दा केही आशा गर्ने ठाउँ बचेको धारणा राख्नुभयो ।

कतिपय मानिसहरुले लेखेका कुरा नपढ्ने, रेडियोमा आएका कुरा नसुन्ने अनि लेखकले केही पनि लेखेनन् भन्दै गुनासो गर्ने गरेको भन्दै शर्माले बाहिरी विषय मात्रै बुझ्ने कारणले गर्दा समस्या भइरहेको बताउनुभयो । उहाँले समाजमा रहेका यस्ता विकृति विसंगतीको विरुद्धमा खवरदारी गर्ने दायित्व सवैको भएको बताउनुभयो ।

कार्यक्रममा साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, नागरिक समाज दाङका संयोजक केबी मसाल, प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सदस्य रामप्रसाद जैशी, पुरस्कार संस्थापक ऋषिराज जंगली, पत्रकार शरद अधिकारी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस दाङका संस्थापक सुन्दर गौतम, राप्ती साहित्य परिषदका बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, सिस्नो पानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुली लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रलेसको बार्षिक मुखपत्र बहिङ्गाको १६ औं अंक विमोचन गरिएको थियो । प्रलेसले हरेक बर्ष बार्षिक मुखपत्रका रुपमा बहिङ्गा प्रकाशित गर्र्दै आएको छ । विमोचित मुखपत्रको समिक्षा साहित्यकार तथा समिक्षक चन्द्रबहादुर थापाले गर्नुभएको थियो । प्रलेस दाङका उपाध्यक्ष रेशम विसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य रञ्जिता शर्माले गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार