spot_img
spot_img

गन्धर्व समुदायले मनाए सारङ्गी दिवस

राप्ती पोष्ट

घोराही, माघ । घोराही उपमहानगरपालिका वडा नंम्वर ११ नयाँबस्तिमा रहेको गन्धर्व समुदायले सारङ्गी दिवस मनाएका छन् । गन्दर्व सांस्कृतिक संरक्षण केन्द्र दाङका अध्यक्ष जनक गन्धर्वको अध्यक्षता तथा वडा अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यता एवं सारङ्गी सम्राट स्वर्गिय जंगबहादुर गन्धर्वका श्रीमती लक्ष्मी गन्धर्वको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी दिवस मनाईएको हो ।

गन्दर्व सांस्कृतिक संरक्षण केन्द्र दाङको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सञ्चार तथा सामाजिक सञ्जालको विकासका कारण गन्धर्वको खाचो समाजमा विस्तारै हराउन थालेको बताएका थिए । अर्काेतिर सारङ्गी बनाउने गन्धर्वलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसक्दा नयाँ पुस्ताको आक्रर्षणा न्यून रहेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिति वडा अध्यक्ष लामिछानेले गन्धर्व संस्कारको कला संस्कृति झल्काउने सारङ्गी बाजाको विकास तथा गन्धर्व समुदायको चौतर्फी विकासका लागी वडा सरकार सधै साधमा रहेको बताउनु भएको हो ।

गन्धर्व समुदायले उत्पादन गरेका सारङ्गीको बाजिकरणमा देखिएको समस्या समाधानका लागी आफ्नो ध्यान केन्द्रित भएको उहाँले बताउनु भएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पहिलो गन्धर्व सारङ्गी दाई र अहिलेको गन्धर्व पत्रकार भएको बताउनु भयो । सारङ्गीको महत्व समाजमा अहिले पनि कायमै रहेको भन्दै यसको व्यवसायिकतालाई समाजको माग अनुसार परिमार्जित गरेर लैजान सुभाव दिनुभएको थियो ।

कार्यक्रममा सारङ्गी सम्राट स्वर्गिय जंगबहादुर गन्धर्वका श्रीमती लक्ष्मी गन्धर्वलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने कार्यक्रम पुर्व समुदायले सारङगीसहित खैरा बजार परिक्रम गरको थियो । सरस्वती पुजा तथा केन्द्रका उपाध्यक्ष बालाराम गन्धर्वको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विजय गन्धर्वले गर्नुभएको थियो । ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img