spot_img
spot_img

प्रलेस दाङले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने

 

राप्ती पोष्ट

घोराही, मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेसले आगामी पुस ३ गतेका दिन ३० औं स्थापना दिवसका अवसरमा छ जना साहित्यकारलाई पुरस्कृत र एकजना राजनीतिज्ञलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष भुवन देवकोटाले जानकारी दिनुभयो ।

प्रलेसले गठन गरेको प्रतिभा छनौट समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय अनुसार यस बर्षको प्रगतिशील साहित्य पुरस्कार प्रलेस दाङका संस्थापक सदस्य सुन्दर गौतमलाई प्रदान गरिने भएको छ । यसैगरी पद्मप्रसाद शर्मा र शान्ता देवि अधिकारीले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार डा. विन्दु शर्मालाई, रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार टिकाराम रेग्मीलाई प्रदान गरिने भएको छ ।

छनौट समितिका संयोजक पुरुषोत्तम खनालले दिनुभएको जानकारी अनुसार ऋषिराज जंगलीले स्थापना गर्नुभएको लिला, फना बसन्ता श्रष्टा सम्मान साहित्यकार पद्मप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । यसैगरी भक्तिराम ज्ञवालीले स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दुर्गादवी अधिकारीलाई र श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार श्रीधर भावुकलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनौट समितिका अनुसार प्रलेसले हरेक बर्ष एकजना बामपन्थी चिन्तक एवं बरिष्ठ साहित्यकारलाई सम्मान गर्दै आएकोमा यस बर्ष रश्मीराज नेपालीलाई सम्मान गर्ने निर्णय भएको छ । अधिकारी लामो समयदेखि बामपन्थी राजनीतिमा कृयाशिल हुनुहुुन्छ ।

प्रगतिशील लेखक संघले हरेक बर्ष पुसको ३ गतेका दिन स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसमा श्रष्टा सम्मान, पुरस्कृत र साहित्यीक कार्यक्रम गर्दै आएको छ । प्रलेस दाङले गठन गरेको प्रतिभा छनौट समितिकोे संयोजकमा खनाल र सदस्यमा प्रलेसका पूर्व केन्द्रिय सदस्य शरद अधिकारी र जिल्ला उपाध्यक्ष रेशम विसी हुनुहुुन्थ्यो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img