spot_img
spot_img

यस पटकको विकल्प किन एमाले ?

विष्लेशण

दीपक शर्मा

  • आफ्नो हातमा सत्ता आएको समयमा सबै भन्दा धेरै दुरुपयोग गर्नेहरुले आज अति फूर्ती लगाएको कत्ति पनि सुहाएको छैन । नेपालमा उखान छ ‘जसको सिंग छैन उसको नाम तिखे’ । सिंग नहुनेको नाम तिखे राखेर कति सुहाउने हुन्छ होला ? जसको बोलीमा स्थिरता छैन उसैको ठूलो श्वर पनि सुहाउने रहेनछ । बिहान एउटा कुरा दिउसो अर्को कुरा र सन्ध्याकामा झन अर्को कुराको विटो पार्नेले मै गोरी मै मिठी र मै राम्री भनेर धक्कु लगाएको कति सुहाउँने होला ? सुन्दा र हेर्दा आश्चर्य लाग्छ ।

आफ्नो हातमा सत्ता आएको समयमा सबै भन्दा धेरै दुरुपयोग गर्नेहरुले आज अति फूर्ती लगाएको कत्ति पनि सुहाएको छैन । नेपालमा उखान छ ‘जसको सिंग छैन उसको नाम तिखे’ । सिंग नहुनेको नाम तिखे राखेर कति सुहाउने हुन्छ होला ? जसको बोलीमा स्थिरता छैन उसैको ठूलो श्वर पनि सुहाउने रहेनछ । बिहान एउटा कुरा दिउसो अर्को कुरा र सन्ध्याकामा झन अर्को कुराको विटो पार्नेले मै गोरी मै मिठी र मै राम्री भनेर धक्कु लगाएको कति सुहाउँने होला ? सुन्दा र हेर्दा आश्चर्य लाग्छ । बाबुराम भट्टराईको नेतृत्वमा सरकार थियो उनैले प्रथम पटकको संविधान सभाबाट संविधान जारीगर्न नसकेर संविधानसभा नै विघटन गरिएको इतिहास नेपालीका सामुमा ताजै छ । आज त्यही दलको अगुवाले यो मुलुकका सारा परिवर्तन हाम्रो पार्टीले गरेको हो भनेको सुन्दा कतिपय विश्लेषकहरुले जस्तो काम उस्तै बोली भएकाले यस्तो कुरा गरेको त के अनौठो भयो र ? भनेर भन्ने गर्छन् । कुरा सत्य यही हो । बोलीको ठेगान नभए पछि संसार मेरो कब्जामा छ भनेर भने पनि हुन्छ । संसारको चक्रवर्ति मै हूँ भने पनि हुन्छ । भोलीको दिग्विजयी मै हूँ भने पनि हुन्छ । आफू सरकारको नेतृत्वमा रहँदा देशका लागि र आम जनताका लागि मैले के दिएँ भन्ने कुरा विर्सेर बोल्दा ०६४ मा पाएको मत २०७० मा आउँदा कहाँ पुग्यो ? ७० को मत ७४ मा आउँदा कसको आधार लिनुपरेको थियो ? अनि यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा कतिवटा लोहोराको विटो पारेर कति प्रतिशत मत प्राप्त हुन सकेको थियो । यसलाई एक पटक विश्लेषण गर्दा वेश हुन्छ होला ।
वास्तवमा नेपाली जनताले ठीक के हो ? र वेठीक के हो ? भन्ने राम्रोसंग जान्दछन् । यस्ता बोलीको ठेगान नहुनेहरुलाई ठेगान लगाउन पनि जान्दछन् । त्यसैको परिणाम हो ६४ मा पाएको सर्वाधिक मत ७० मा आउँदा सलक्कै घटन पुग्यो । २०४८ सालमा बहुमत पाएको नेपाली काँग्रेसले छँदा खाँदाको संसद विघटन गरेर आफ्नै मतदातालाई लोप्पा लगाएको कारणले अहिलेसम्म पनि बहुमत प्राप्त गर्न सकेको छैन । अव हुँदा हुँदा त हिंजो जसको टाउकाको मूल्य जसले तोकेको हो सत्ता बचाउनका लागि उसैसंग झुकेर आज उसैको सरणमा र इशारामा नाच्नु परेको छ । यो भन्दा विडम्वना अर्को के हुन्छ ? आफ्नो क्षमता वृद्धि गर्न नसकेर नेपालको सर्वाधिक लोकप्रिय पार्टी नेकपा एमालेलाई प्रतिगमनकारी भनेर दुश्प्रचार गर्नु परेको छ । यो अर्को विडम्वना हो । नेकपा एमालेका नेता कार्यकर्ताहरु पञ्चायती कालरात्रीका विरुद्धमा ज्यानको पर्वाह नगरेर लडदै आए । उनीहरुको त्यो लडाई मुलुक समृद्धिका लागि मात्र थियो भन्ने कुरा २०५१ सालमा पहिलोपटक कमरेड मनमोहन अधिकारी नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको पहिलो सरकारबाट प्रमाणित भएको छ । हुनत यो पार्टी भित्र अवसरवादीहरु नभएको होइनन् । जे जति अवसरवादीहरु थिए उनीहरु यतिवेला आफै किनारा लागेका छन् । यसभित्र बसेर सक्षम तरिकाले काम गर्न नसक्ने पदलोलुपहरु केही गत वर्षनै किनारा लागे भने केही यस पटकको निर्वाचनमा टिकट नपाएको नाममा आफै पार्टी परित्याग गरेको घोषणा गरेर आफै पल्लो किनारमा पुगेका छन् । हिंजो काममा भाँजो हाल्नेहरु अहिले आफै किनारामा पुगेकाले अहिले पार्टी भित्र शुद्ध छवी भएका देश हाँक्न सक्ने क्षमता भएकाहरुको वाहुल्यता छ । यसकारण यो निर्वाचनमा स्वच्छ छविभएकाहरु चुनावी मैदानमा रहेकाछन् । यसकारण यसको नेतृत्व सबै भन्दा उच्च रहन्छ भन्ने आधार बनेको छ ।

स्वच्छ छवि भएकाहरुको अनुहारमा छवि विग्रेकाहरुले राम्रोसंग हेर्न पनि सक्दैनन् । अहिले भएको त्यही हो । एकातर्फ पाँचवटा दलहरुको गठवन्धन छ भने अर्को तर्फ एकाध स्थानमा चुनावी तालमेल वाहेक चुनावी मैदानमा एक्लै एमाले भिडेको छ । पाँचदलको गठवन्धन हुँदा पनि एमालेलाई परास्त गर्न सकिदैन भन्नेमा किन ढुक्क हुन सकेका छैनन् उनीहरु ? हिंजो आफुबाट भएका कमजोरीका कारणले आफ्नो पक्षमा मत आउँछ भन्नेमा उनीहरु ढुक्क हुन नसकेको त सत्य हो नी । तर नेकपा एमालेले ढुक्काका साथ चुनावी तालमेल भएका स्थानदेखि बाहेक १०० सिटमा सहजै जीत निकाल्न सक्छ अनि पचास भन्दा बढी सिटमा समानुपातिक सिट आउँछ भनेको छ । यो उसको सही तथ्यांक हो । भोली आउने परिणाम यो भन्दा बढन सक्ने सम्भावना छ । किनकी बोलीको ठेगान नहुने दल वा दलका नेतालाई यसपटक चेताउन पर्छ भन्ने चेत मतदातमा आएको छ । यसकारण पनि पाँच दलको बलभन्दा एमालेको एक्लो गल काफी छ । उसले लगाएको गलले कति काला पत्थर पल्टने हुने । अव छिटै देख्न र सुन्न पाइनेछ ।

जसले देशलाई आफ्नै मुठीमा राख्न चाहेको छ फेरी उसैलाई खोजि खोजि मत दिनु भनेको आफैप्रति धोखा दिनु हो र राष्ट्रप्रति धोखा दिनु हो । नेपाली नागरिकहरु सचेत छन् । यस अघि नेकपा एमालेको सरकार भएको समयमा सरकार सञ्चालनको कार्यशैली देखेका छन् । अत्यधिक मतदातालाई लागेको कुुरा के भने मुलुकको कायापलट गर्ने एकमात्र नेपाको पार्टी नेकपा एमाले भन्ने विश्वास पलाएको छ । यसकारण पनि जतिसुकै सुर्के गाँठो पारेर गठवन्धन जोगाउन खोजे पनि यो मंसि ४ गतेका दिन नेपालभरबाट आम मतदाताले खुस्काएर देखाउने छन् । त्यतिवेला फेरी कसैको शरणमा पुगेर कुन्नी के जारी गर्न लगाउने त होला ? हिंजो ०७२ सालमा एमालेको नेतृत्वमा रहेको सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेर पुनः नेपाली काँग्रेससंग कुम जोडन गएको कुरा होस वा नेकपा हुँदा केपीको नेतृत्वमा रहेको सरकारले गरेका लोकप्रिय काम देखेर जलन भएर पुनः आफ्नै दलको नेताको अगुवाइमा चलेको सरकारका विरुद्धमा फेरी अर्को पटक अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी एकातर्फ रहन गयो भने अर्को तर्फ साधारण सदस्य समेत नरहनेगरी उनै केपी ओलाई कारवाही समेत गरियो । अन्तमा विश्वासको मत लिन चाहँदा विपक्षमा मतहालेकाहरुले अहिले आफू अति चोखो भएको र के पीओली विटुलो भएको भाषण सुन्नेहरु खित्का छोडेर हाँस्ने गर्दछन् ।

दल कसैको पेवा होइन न कार्यकर्ता कसैका दास हुन । उनीहरु आफ्नो खुशीले मतदान गर्न सक्दछन् । हरेक पटक नेताका स्वार्थका निम्ति आफ्नो मत वन्धक राख्नु पर्ने केही खाँचो छैन । अहिले भएको गठवन्धनले आम नेपालीलाई के प्राप्ती भएको छ । यसै वर्षको खेतीपातीको समयमा किसानहरुले न मल पाए न बीउ पाए । महंगीको भारीले आम उपभोक्ता थिचिएका छन् । यो थिचाइ यही गठवन्धन सरकारको होइन ? गठवन्धनले फेरी पनि सरकार बनाउन पायो भने यो महंगी र अभाव अझ उचाइमा जाने छ । यसबाट नागरिकले कति सास्ती खेप्नु पर्ने हो ? जसले वामपन्थीको सरकार विघटन गर्नका लागि दुई पटक अविश्वासको प्रस्तावमा आफनो हात बढाएको थियो । उसैबाट पाँच दलीय गठवन्धन भए यता धेरै पटक नेपाली काँग्रेसले धम्क्याई मागेको सबैलाई थाह छ । तर उ चूँ गरेर बोल्न नसक्नुको कारण मतदाता सोध्ने गर्दछन् । यसकारण पनि यो गठवन्धन दीर्घकालिन समाधान हुने छैन । पुन आफैलाई धोखा दिन चाहनेले मात्र यस पटक यो गठवन्धनलाई रोज्नेछन् । गठवन्धन भित्रका अत्यधिक कार्यकर्ताहरुमा अहिले उत्साह देखिदैन । यसले पनि एउटा संकेत गरेको छ । यसको क्षमता कति हो भनेर आफै बुझ्न सकिन्छ ।

यस पटक आफ्नो मत दिनु अघि एक पटक पहिले देखिका कुराहरु केलाएर सोच्नु पर्दछ । पहिलेका घटनाहरु विना पूर्वाग्रह विचार गरेर आफ्नो मतको प्रयोग गर्नुपर्ने छ । अहिलेको समयले विकासको गतिलाई तीव्रता दिनका लागि सही स्थानमा मत जाहेर गर्नु पर्ने छ । त्यो सही स्थान भनेको पार्टी एमाले र उसको चुनाव चिन्ह सूर्यमात्र यस पटकको एकमात्र विकल्प हो । अस्तुः

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img