सम्पादकिय
भनिन्छ कुनै लडाइ जित्नका लागि मानसिक रुपमा जित्ने योजना हुनुपर्छ । लडाइ भनेर यहाँ हतियारको लडाइको कुरा गर्न खोजिएको होइन । हतियारको लडाइ लड्नुभन्दा पहिले पनि मानसिक रुपमा लड्न तयार हुनुपर्छ । कुनै युद्दमा होमिदा जित्छु भनेर जानुपर्छ । परीक्षामा सहभागि हुँदा सफल हुन्छु भनेर जानुपर्छ । प्रतियोगितामा जाँदा जित्ने सोचाइका साथ जानुपर्छ । त्यसैले भनिन्छ मानसिक रुपमा लडाई जित्ने कुरा महत्वपूर्ण हो । जो मानिस हारिन्छ भनेर युद्दमा जान्छ त्यसले जित्नै सक्दैन । जित्नका लागि बल मात्रैले पुग्दैन तरिका चाहिन्छ । तरिका जानियो भने कमिलाले हात्तीलाई तह लगाउन सकिन्छ । मिलाएर हानियो भने ठूलो ढुङ्गालाई सानो हथौडाले फोडन सक्छ । पानीको थोपा थोपा एकै स्थानमा चुहियो भने त्यसले ढुङ्गालाई पनि पगाल्न सक्छ । सानो आराले ठूलो रुख ढलाउन सक्छ । सानो सानो कुरालाई नजरअन्दाज गर्दा धेरैले धोका पाएका छन् । सानो भनेर कहिल्यै कसैले हेला गर्नु हुँदैन । कमजोर भनेर कसैलाई हेप्नु हुँदैन । कमजोरहरु मिले भने बहादुर भनिनेलाई सवक सिकाउन सक्छन् । सानो विषय भनेर छोड्दा कहिले ठूलो मौका गुम्न सक्छ । सानो सानो धागो चुडाल्न सकिन्छ तर त्यहि धागोलाई डोरी बनाइयो भने त्यसले हात्तीलाई बाध्न सकिन्छ ।
हाम्रो समाजले महिलालाई कमजोर रुपमा प्रस्तुत गरिरहेको हुन्छ । महिला कमजोर हुँदैनन् । महिलाले जस्तो सुकै काम गर्न सक्छन । हिमाल चढ्न सक्छन । खेल खेल्न सक्छन् । युद्धमा जान सक्छन् । हतियार बोक्न सक्छन् । अन्तरिक्षमा जान सक्छन् । निर्माणको काम गर्न सक्छन् । अनेकन उपकरणहरु चलाउन सक्छन । सेवा गर्न सक्छन् । परिवार चलाउन सक्छन । देश चलाउन सक्छन । सुन्दर सिर्जना गर्न सक्छन । अर्थात महिलाले जे पनि गर्न सक्छन् । महिलाले सन्तान जन्माउन सक्छन् । सन्तानलाई स्तनपान गराउन सक्छन् । पुरुषले गर्न नसक्ने कतिपय कामहरु महिलाले गर्न सक्छन । महिलाहरुलाई कमजोर ठान्ने हाम्रो समाज छ । खासगरी पुरुष मानसिकताले महिलालाई कमजोर रुपमा प्रस्तुत गरिरहेको हुन्छ । महिलाले यस्तो गर्न सक्दैनन् । उस्तो गर्न सक्दैनन् वा महिलाले यो गर्नु हुँदैन भनेर काम गर्नबाट रोक्नेहरु छन् । कतिपय काम सवै पुरुषले गर्न सक्छन र ? सवै पुरुषले सवै काम गर्न सक्छन र ? पक्कै पनि सक्दैनन् । सवै काम सवैले गर्न सक्दैनन् । कुनै काम कसैले गर्न सक्ला । कुनै काम कसैले गर्न सक्ला । क्षमता सवैको एकनास हुँदैन । कोही बलियो हुन्छ । कोहि निर्वलियो हुन्छ । बल छ भन्दैमा निर्वलियोलाई हेप्न हुँदैन । बलियोले मात्रै बाँच्न पाउने दुनिया हो र ? बलियाले जे गर्दा पनि हुने निर्वलियाले केही गर्न नहुने यस्तो हुन्छ र ?
मानिस बलियो र निर्वलियो हुने कुरा मनले हुने हो । मन बलियो र दरिलो बनाउने हो भने कसैसंग झुक्नु पर्दैन । व्यक्तिको कुरा मात्रै होइन देशको कुरा पनि यहि हो । बलियो मानिसलाई जति बाँच्ने अधिकार छ । बलियोलाई जति काम गर्ने अधिकार छ । त्यतिकै अधिकार कमजोरलाई पनि हुन्छ । त्यस्तै भुगोलको आयतनले देश बलियो र कमजोर हुँदैन । देश ठूलो भए उसको श्वर ठूलो हुने तर देश सानो भयो भने उसको श्वर सानो हुने हुन्छ र पक्कै हुँदैन । हाम्रो विश्वमा साना साना मुलुकले आर्थिक रुपमा राम्रो गरेका छन् । जसले राम्रो गरेका छन दुनियामा तिनीहरुको चर्चा हुन्छ । प्रविधिमा जसले राम्रो गर्न सक्छ उसले संसार जितेको देखिन्छ । जसले फरक तरिकाले सोच्दछ उसले जित्दछ । जसले पुरानै ढर्राले सोच्छ उसले प्रगति गर्न सक्दैन । जसले नयाँ तरिकाले वा फरक तरिकाले सोच्छ उसले मात्रै प्रगति गर्न सक्छ । अतः यसको निश्कर्ष के हो भने जो संग आत्मशक्ति बलियो हुन्छ उसले नै जित्छ । यसैले समाजमा कसैलाई कमजोर ठान्ने हुँदैन । संसारमा मानिस सवैभन्दा बलियो हो भन्नेमा दुईमत छैन । जनावरमा ज्ञान हुने हो भने मानिस नै सवैभन्दा कमजोर हुनेछ । मानिस पछि हुनेछ । मानिसले एकले अर्कोलाई कमजोर प्रमाणित गर्ने भन्दा सहयोगी भावना हुनुपर्छ ।