spot_img
spot_img

मेघा बैंकका कर्मचारीद्वारा अपाङ्गसंघलाई फ्रिज हस्तान्तरण

राप्ती पोष्ट

घोराही,  साउन । मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेश अन्तरगत दाङ शाखाले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखालाई शनिबार एउटा फ्रीज हस्तान्तरण गरेको छ । मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीबाट संकलन गरेको रकम सामाजिक सेवामा लगाउने सोचका साथ अपाङ्ग संघलाई फ्रिज हस्तान्तरण गरिएको हो ।

स्वेच्छिक रुपमा संकलन गरेर जम्मा भएको रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत अपाङ्गता भएकाहरुका लागि पुनःस्थापना कार्यक्रम संचालन गरिरहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नबजीवन केन्द्र लाई फ्रीज हस्तान्तरण गरेको हो । बैंकले सहयोग स्वरुप प्रदान गरिएको फ्रीजले त्यहा रहेका खाने कुरा तथा औषधि अन्य चिज हरु सुरक्षित रहनलाई मद्दत पुग्ने विश्वास गरिएको छ ।

मेघा बैंक घोराही शाखाका प्रबन्धक बिबेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा घोराही शाखा प्रवन्धक आचार्य, लमही शाखा प्रवन्धक छविलाल भण्डारी र तुलसीपुर शाखा प्रवन्धक राजन भण्डारीले खगेन्द्र नबजिवन केन्द्र दाङका अध्यक्ष शरद अधिकारी, उपाध्यक्ष रुपा वली लगायतलाई एक सय ९२ लिटरको फ्रिज हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड लमही शाखाका प्रमुख छबिलाल भन्डारीले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै शाखा अध्यक्ष अधिकारीले अपाङ्गता भएकाहरुका लागि बैंकले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सवैको सहयोग भएमा अपाङ्ग पुनःस्थापना केन्द्र संचालन गर्न कुनै गाह्रो नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा घोराही, लमही र तुलसीपुरका प्रवन्धक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लमही शाखाका मनिश सेढाईले गर्नु भएको थियो । बैंकले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम हरु संचालन गर्दै आएको र आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएको छ ।

बैंकले लुम्बिनी प्रदेशका विभिन्न ६ स्थानमा यसै महिना यस्तै सामाजिक कार्यहरु सम्पन्न गर्न गइरहेको मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडेलले बताउनुभयो ।

पाँच हजार मासिक दिने घोषणा

यसैबीच घोराही मेघा बैंक घोराहीमा कार्यरत पुष्प वलीले नेपाल अपाङ्ग संघलाई पुनःस्थापना केन्द्र संचालनका लागि मासिक रुपमा पाँच हजार रुपैया दिने घोषणा गर्नुभयो । उहाँले आफू कार्यरत रहँदासम्म मासिक रुपमा अपाङ्ग संघको खातामा रकम जम्मा गरिदिने घोषणा गर्नुभएको थियो । शाखा अध्यक्ष अधिकारीले वलीलाई धन्यवाद दिनुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार