spot_img
spot_img

प्राविधिक शिक्षाका लागि तुलसीपुरका मेयरको प्रतिवद्धता

राप्ती पोष्ट

तुलसीपुर, जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने वताउनुभएको छ । समयसापेक्ष शिक्षाका रुपमा प्राविधिक शिक्षाको विकास अपरिहार्य भएको हुँदा स्थानीय सरकार प्रमुखका रुपमा आफुले विशेष भुमिका बहन गर्ने उहाँले बताउनुभयो ।

तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष समेत रहनुभएका खड्काले कलेजलाई नमूना बनाउनका लागि सबैको भूमिका आफूले चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तुलसीपुरको विकास र समृद्धि प्राविधिक शिक्षाको विकासमा निर्भर रहेको हुन्छ’ निम्नवर्गका जनतालाई प्राविधिक शिक्षाको पहुँचमा ल्याउनका लागि पालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने समेत उहाँले बताउनुभयो ।

यसअघिको नेतृत्वले तुलसीपुरमा मेट्रो कलेज स्थापना गरेर नमूना काम गरेको भन्दै यसलाई शैक्षिक र भौतिक रुपमा अघि बढाउने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभयो । खड्काले प्राविधिक शिक्षाको हवका रुपमा तुलसीपुरलाई विकास गर्ने योजनालाई साकार पार्नका लागि सवैसंग मिलेर जाने पनि बताउनुभयो ।

सोही कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले प्राविधिक शिक्षालाई निशुल्क बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सामान्य जनताका छोराछोरीहरु आर्थिक अभावमा पढ्न नसक्ने वातावरण हाम्रो नेतृत्वमा हुँदैन’ चौधरीले भन्नुभयो । कलेजको उपाध्यक्ष समेत रहनुभएकी चौधरीले मेट्रो कलेजको गरेको कामको प्रशंसा गर्नुभयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले जनताको साथ र सहयोगले कलेज स्थापनाको सपना पुरा भएको वताउनुभयो । ‘कलेज सञ्चालनका क्रममा केही भ्रम सृजना भएको थियो तर जनतालाई हामीले बुझाउन सफल भएका छौँ’ पाण्डेले भन्नुभयो । उहाँले कलेजलाई विश्वविद्यालयस्तरमा लैजाने आफ्नो सपना भएको पनि बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले प्राविधिक शिक्षाको विकासमा कलेजले विशेष भुमिका वहन गरेको बताउनुभयो । सो अवसरमा वडा नं. १२का वडाध्यक्ष खुसीराम चौधरी, वडा नं. ११का वडाध्यक्ष मानवहादुर रावत र वडा नं. ८ का अध्यक्ष धर्म वलीले शुभकामना व्यक्त गर्नुभएको थियो । निवर्तमान वडाध्यक्ष सुर्यबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सुधा ढकालले गर्नुभएको थियो अध्यक्षता कलेजप्रमुख वसन्त आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार