spot_img
spot_img

दाङ क्रिकेट लिग

घोराही टाईगर्स र देउखुरी वारियर्स विजयी

राप्ती पोष्ट

घोराही, चैत । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगमा घोराही टाईगर्स अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ क्रिकेट रंगशालामा शनिबारबाट शुरु भएको खेलमा घोराही टाईगर्सले आइतबार भएको खेलमा दंगाली लायन्सलाई १४ रनले पराजित गर्दै लिगमा अपराजित यात्रा कायमै राखेको हो ।

घोराही टाईगर्सले मध्यम लक्ष्य दिएर जवाफी ब्याटिङको निम्तो दिएको दंगाली लायन्सलाई अलराउन्डर प्रदर्शन गर्दै जीत निकाल्यो । टस जितेर ब्याटिङ रोजेपछि घोराही टाईगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय १७ रन बनाएको थियो । उसका लागि बिराट भण्डारी र रासिद खानले क्रमश ४३ र ३२ रन बनाउनुु बाहेक अरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

घोराही टाइगर्सलाई सस्तैमा रोक्न दंगाली लायन्सका बीरबहादुर घर्तीले ३, विक्रम भुसालले २ तथा अनिल खरेल र राजबीर सिंहले समान १–१ विकेट लिनुुभएको थियो । एक सय १८ रनको मध्यम लक्ष्य पछ्याउँदै दंगाली लायन्सले जवाफी व्याटिङ गरेपनि हार टार्न सकेन । दंगाली लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन मात्रै बनाउन सक्यो ।

दंगाली लायन्सका लागि ब्याट्सम्यान तीर्थराज दासले २७, अनिल खरेलले १८, सोनुु अन्सारीले १७, सुमित पराजुलीले १० रन जोड्नुबाहेक अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न नसक्दा हार व्यहोर्न वाध्य भएको हो । दंगाली लायन्सलाई जीतबाट रोक्न सिद्धान्त राज शाही र अनुप न्यौपानेले समान २–२ विकेट लिनुभयो भने रासिद खान, रविन थापा र आवाज गौतमले सामान १–१ विकेट लिनुभयो । आईतबारको जीतसँगै घोराही टाईगर्सले ४ अंक जोडेको छ भने दंगाली लायन्स जीत विहिन हुँदै अंक जोड्न असफल भएको छ ।

यसअघि आईतबार नै भएको पहिलो खेलमा देउखुरी वारियर्स ७ विकेटले विजयी भएको छ । तुलसीपुर रोयल्ससँग भएको खेलमा देउखुरी वारियर्सले आफ्नो ३ विकेट गुमाउँदै १६ दशमलव १ बलमा लक्ष्य पूरा गर्यो । टस जितेर पहिले व्याटिङ रोजेको तुलसीपुर रोयल्सका व्याट्सम्यान सम्हालिन नसक्दा १९ दशमलव ३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै सय रन मात्रै बनाउन सक्यो ।

जीतसँगै देउखुरी वारियर्सले पनि २ अंक जोड्न सफल भएको छ । जारी लिगमा घोराही टाईगर्स अपराजित रहँदै २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहँदा २ खेलमा एकमा हार र एक खेलमा जीत निकाल्दै २ अंकका साथ दोश्रो स्थानमा रहँदा देउखुरी वारियर्स पनि एकमा हार र अर्को खेलमा जीत निकाल्दै अंक तालिकाको तेश्रो स्थानमा रहँदा दंगाली लायन्स र तुलसीपुर रोयल्स जीत विहिन हुँदै अंक तालिकाको चौथो र पाँचौ स्थानमा रहेका छन् । जार लिगमा हरेक टीमले एक अर्कासँग चार वटा खेल खेल्नेछन् ।

चैत १७ गतेसम्म चल्ने जारी लिगमा आज सोमबार पुरन्धारा च्यालेन्जर्स र घोराही टाइगर्सबीच बिहान ८ बजे खेल हुनेछ भने दिउँसो १ बजेपछि दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुने लिग आयोजक संयोजक प्रदीप मजगैयाले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ ।

प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ । यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा बल क्याच गर्ने दर्शकलाई नगद पुुरस्कृत गरिने भएको छ ।

 

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img