छवी पुरी/राप्ती पोष्ट
घोराही, फागुन । कुनै समय गाउँलेहरुले शवदाहका रुपमा प्रयोग गर्दै आएको ठाउँमा अहिले गहिरो ताल बनेको छ । मुर्दा जलाउने ठाउँमा सिंगो गाउँलेको खेतबारीमा सिंचाई सुविधा पुु¥याउन गत वर्षमात्रै कृत्रिम जलाशय निर्माण गरेपछि सो ठाउँको मात्रै होईन, सिंगो गाउँको मुहार फेर्न अहं भूमिका खेलेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँसगजेरीमा निर्माण गरिएको तालले सिंगो गाउँको मुहार फेर्न कोशेढुंगा सावित भएको छ । सिरुगैरा ताल नाम राखिएको कृतिम जलायस गाउँको मुहार फेर्ने ताल बनेको छ । बर्षौदेखि सुख्खा रहेको सो ठाउँ अहिले बाह्रै महिना हराभरा हुँदै गएको छ । करीव दुई सय ५० घरधुरी बस्दै आएको बाँसगजेरी गाउँमा सिंचाइं सुविधा पुुगेपछि स्थानीयले आफुहरुको जीवनमा ठूलो परिवर्तन सम्भव भएको बताएका छन् ।
स्थानीय हीरा बहादुर थापाले सिंचाई सुविधाले धेरै फाईदा गरेको बताउनुुभयो । जीवनमा पहिलो पटक आफ्नो तोरी बारीमा पानी सिंचाई गर्न पाएकोमा खुशी हीरा निकै खुशी हुुनुुहुुन्थ्यो । तोरी, केराउलाई पानी पुुगेपछि अहिले उहाँको जस्तै सिंगो गाउँको खेतबारी यो पटक हराभरा छन् । खेतका भराभरा गरामा घाँस काट्दै गर्नुभएकी सोही ठाउँकी ५५ वर्षीया खिमसरी खड्कालाई जीवनमै पहिलो पटक यसरी यो याममा खेतबारमा गादोभरी घाँस संगाल्न पाएको अनुुभव सुनाउनुुभयो । ‘पहिले–पहिले हिउँद र गर्मीयाममा गाईबस्तुुलाई कहाँबाट घाँस ल्याएर पाल्ने होला भन्ने पिरलो हुन्थ्यो, यो वर्ष त अचम्मै भयो । जता हेर्यो हराभरा भएको छ ।
यो सिंचाई सुविधाले त हामीले नयाँ जीवन पाएको ठानेका छौँ,’ खिमसरीले राप्ती पोष्टसँग कुरा गर्दै भन्नुुभयो, ‘खेतबारीमा लगाएका अन्नबाली पनि सप्रेका छन्, गाईबस्तुुलाई पनि घाँसको समस्या पनि टरेको छ ।’ अमर बहादुर पुन उमेरले ६४ पुुग्नुुभयो । उहाँले पनि बाँसगजेरीमा जीवनमा ६४ याम बिताई सक्नुुभएको छ । उतिबेलाको बाँसगजेरी र अहिलेको बाँसगजेरी आकाशपातालको अन्तर भईसकेको उहाँको अनुुभव छ । ‘पहिले बाटो घाटो थिएन, बिजुुली पनि भरपर्दो थिएन, आफ्नै गाउँठाउँमा मोटरगाडी गुड्ने अवस्था आयो, हामीलाई सँधैको सास्ती पानी कै हुन्थ्यो, त्यो पनि अब हटेको छ,’ अमरले भन्नुुभयो, ‘बाँचेपछि आफ्नै ठाउँमा आएको विकासको लहर देख्न पाईने रहेछ ।’
टिकाराम खनाल सोही गाउँकै सामुुदायिक विद्यालयको संस्थापक प्रधानाध्यापक हुुनुुहुुन्छ । उहाँले पनि आफ्नो ठाउँमा पछिल्लो समय भएको विकास र सुविधा देखेर मख्ख हुुनुुहुुन्छ । बालबालिकालाई सहज विद्यालय पहुँचका लागि बाटोघाटो, खानेपानीको सुविधा, विद्युत बिस्तारले शिक्षा क्षेत्रमा पनि स्थानीयबासी आकर्षित भएको बताउनुुभयो । ‘चाहने हो भने यस्तो राम्रो काम पनि हुुने रहेछ भन्ने सबैका लागि उदाहरण पनि हो,’ खनालले भन्नुुभयो, पछिल्लो समयमा सिंचाई सुविधा पुुगेपछि त यो ठाउँ हाम्रा लागि स्वर्गं जस्तै बनेको छ ।’
घोराही बजारसँग जोड्ने घोराही–तुलसीपुरको आँखा अस्पताल सडक अहिले कालोपत्रे भईरहेको छ । सो सडकले पनि बाँसगजेरीलाई छुन्छ । सो ठाउँमा अब कालो पत्रेसहितको सडक पनि बिस्तार हुन थालेपछि स्थानीयहरु थप उत्साहित भएका छन् । ‘हाम्रा खेतबारी सिंचाई सुविधा नभएर प्राय बाँझै हुन्थे, यो पटक छरेको तोरी, मसुरो, केराउ, गहुँले पानी पायो, अब उत्पादन पनि बढ्छ, यसले हामीलाई राम्रो टेवा दिएको छ,’ स्थानीय मोती थापाले भन्नुुभयो । विजय उत्साव टोल, मुुलखोली टोललगायतका सो क्षेत्रमा वर्षौदेखि बसोबास गर्दै आएका स्थानीयबासीले दुखका दिन पनि अब बिस्तारै टर्दै गएको बताएका छन् ।
वर्षौदेखि आर्यघाटका रुपमा चिनिएको सिरुगैरा ताल क्षेत्र सूूर्यज्योति सामुदायिक वन परिसरमा पर्ने भएकाले कुुनै बेला त्यो ठाउँ खुला चौर थियो । गत वर्षको पुस महिनाबाट सिमसार जस्तो मानिएको ठाउँलाई खनेर गहिरो ताल बनाइएको छ । स्थानीयबासीको उत्साहका कारण करीव ६ महिनामै काम सकाएर सिंचाईका लागि योग्य बनाएको ड्याम निर्माण समतिका अध्यक्ष मान बहादुर हमालले बताउनुुभयो । सिंचाई डिभिजन कार्यालय तुलसीपुरसँग करीव ५३ लाख बजेट निकासा गरी वडा नम्बर ११ ले प्रकृया बढाएपछि कामले सार्थकता पाएको वडा अध्यक्ष कुलबहादुर लामिछानेले बताउनुुभयो ।
सो जलाशयबाट सिंचाई सुविधा पुुगेपछि अहिले गाउँको पूर्वी टोल र पश्चिम टोलका केही भाग बाहेक सबै ठाउँमा सहज सिंचाई पुुगेको छ । ती ठाउँमा पनि पाईप बिछ्याएर र नयाँ योजनालाई कार्यान्वयनमा ल्याएर सिंचाई सुविधा पुु¥याउन आफुु लागि परेको वडा अध्यक्ष लामिछानेले जानकारी दिनुुभयो । ‘स्थानीयबासीका सकारात्मक साथ सहयोगले कुनै बेला सखाप भएको वन जोगिएको छ, अहिले हराभरा भएको छ । स्याउलाले बारेका घरले स्वरुप फेरेका छन्, गोठेमलले यो ठाउँमा अर्गानिक उत्पादन भईरहेको छ । अब त झन बाह्रै महिना सिंचाई पुुग्यो ।’ वडा अध्यक्ष लामिछानेले भन्नुुभयो, ‘बाँसगजेरी जस्तै अरु विकट ठाउँमा पनि हाम्रो नजर परेको छ । सेवा सुविधा र सहज पहुुँचमा नागरिक हुुनुुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
खासमा अहिले त्यही सिंचाई सुविधा पुुगेपछि त्यो ठाउँमा धेरैले नजर लगाउन थालेका स्थानीयको भनाई छ । सिरुगैरा ड्यामले सुख्खा हुने ठाउँ सिंचित भएको छ । जंगली जनावरलाई पनि खानेपानीको सुविधा भएको छ । तल झरेको पानीले गाईबस्तुुलाई पानी खुवाउन पनि सजिलो भएको अमरबहादुर पुनले बताउनुुभयो । वन संरक्षणसँगै स्थानीयको जनजीवनमा पनि भरपर्दो बनेको सिरुगैरा तालले आगामी दिनमा सो ठाउँमा कृषि पेशालाई व्यावसायिक बनाउन, तरकारी खेती गर्न तथा अरु जमीनको उपयोगितामा धेरै आकर्षित हुुदै गएको सुर्य ज्योति वनका ताराबहादुर रोकाले बताउनुुभयो ।
२०३५ सालभन्दा अघिबाट सोही सामुुदायिक वन हेरालुका रुपमा कार्यरत ६७ वर्षीय तिलक बहादुर रोकाले यो ठाउँमा भएको विकास क्रम देखेर दंग हुुनुुहुुन्छ । ‘मैले यही वनको चप्पाचप्पा हिडेको छु । यो ठाउँमा हिजो कस्तो थियो तर अहिले धेरै परिवर्तन आयो । यसले हामी सबैलाई फाईदा गरेको छ,’ उहाँले भन्नुुभयो । हिजोआज बाँसगजेरीबासी दिनभर जसो खेतबारीमा व्यस्त हुुन थालेका छन् । खेतबारीमा छरेका कृषिउपजको रेखदेख गर्दैमा उनीहरुको दैनिकी बित्न लागेपछि कृषि उत्पादन बढ्ने र घरको आयस्तरमा पनि योगदान पुुग्ने स्थानीयले विश्वास लिएका छन् । घोराही उपमहानगरपालिकाका धेरै जसो वडामा बाँसगजेरीमा जस्तै सहज सिंचाई सुविधा बिस्तार हुुँदै गएको छ । जसले स्थानीय नागरिक उत्साहित भएका छन् भने कृषि उत्पादनमा बढावा पुुग्ने पालिकाले विश्वास लिएको छ ।